३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता



अ+ अ-

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइरुएको छ ।

कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइ भन्दा मानिसहरुको मृत्यु भएको बताएका छन् । घाइतेहरू मध्ये आधा भन्दा बढी प्रमुख सहरी केन्द्रहरूमा रहेको जनाउँदै अधिकारीहरुले पेरेरामा उद्धार टोलीहरू एउटा क्षतिग्रस्त होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धार गर्नको लागि तैनाथ रहेको बताएका छन् ।

सरकारी तथ्याङ्कले विपत्तिको परिमाणलाई पुष्टि गरेको छ भने पश्चिमी कोलम्बियामा हजारौँ आवासीय घर विद्यालय, तथा स्वास्थ्य सुविधाहरूका साथै सार्वजनिक पूर्वाधारहरूमा गम्भीर रूपमा क्षति पुर्याएको जनाइएको छ ।

भूकम्पले यस क्षेत्रको पूर्वाधारलाई प्रभावित बनाउनुका साथै हजारौँ परिवारलाई अस्थायी सुविधाहरूमा आश्रय लिन बाध्य पारेको जनाइएको छ ।

भकूम्प पछि आएका शक्तिशाली पराकम्पहरुको श्रृङ्खलाले उद्धार तथा राहत कार्यलाई थप जटिल बनाउनुका साथै पहिले नै क्षतिग्रस्त भएका भवनहरूमा थप जोखिम बढाएको जनाइएको छ ।  (रासस/ क्युएनए)