२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा



तस्बिर : गोपाल दाहाल/ रासस
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि आफू जुनसुकै भुमिका निर्वाह गर्न तयार रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि संवादको ढोका खुला राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुक संकटमा रहेका बेला संवाद, सहमति र सहकार्यका माध्यमबाट राजनीति अघि बढाउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता आफ्नो जीवनको मूल आधार भएको भन्दै देउवाले यी मूल्य–मान्यताप्रति जीवनको अन्तिम समयसम्म अटल रहने बताउनुभयो ।

उहाँले पार्टीभित्रको विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने कुरामा आफू विश्वस्त रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु । साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिहरुसँग सहकार्य गर्न छलफलको ढोका खोल्नुपर्छ । संकटमा संवाद, सहमति र सहकार्यमा हाम्रो राजनीति अगाडि बढाउनुपर्छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चतामा मेरो जीवनको मूल आधार हो । यी मूल्यमान्यताप्रति म जीवनको अन्तिम समयसम्म पनि अटल रहनेछु । हामीले व्यक्तिगतभन्दा पार्टीको सम्पूर्ण एकता, राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्छ ।’

निःवर्तमान सभापति देउवाले व्यक्तिगत स्वार्थभन्दा पार्टीको सम्पूर्ण एकता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल




भर्खरै