११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह
अ अ+ अ-

झापा। कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब रु दुई करोड ५० लाख खर्च गरेर निर्माण गरिएको विद्युतीय शवदाह गृह लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन ।

निर्माण सम्पन्न भए पनि कनकाई नगरपालिकाले शवदाह गृहको औपचारिक जिम्मेवारी बुझिसकेको छैन । सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको तथा विद्युत्को भोल्टेजमा समस्या देखिएपछि नगरपालिका तत्काल शवदाह गृह बुझ्ने पक्षमा नरहेको हो ।

कोशी प्रदेश सरकारअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कनकाई नगरपालिका र दाताको संयुक्त लगानीमा शवदाह गृह निर्माण गरिएको हो । निर्माणपछि परीक्षणका क्रममा केही शव विद्युतीय प्रणालीबाट दहन गरिएको कनकाई घाट समितिका महासचिव गोपाल खरेलले बताउनुभयो ।

परीक्षणका क्रममा शव दहन गर्न लाग्ने समय फरक–फरक देखिएपछि नियमित सञ्चालनमा प्रश्न उठेको छ । “एउटा शव ४५–५० मिनेटमै पनि जल्यो, कुनैलाई एक–डेढ घण्टा लाग्यो,” खरेलले भन्नुभयो, “निर्माण पक्षका प्राविधिकलाई बोलाएर जाँच गर्दा विद्युत्को भोल्टेजमा समस्या देखियो ।”

प्राविधिकका अनुसार विद्युत्को भोल्टेज नियमित बनाउन कम्तीमा रु सात लाख बराबरको ‘स्टेपलाइजर’ जडान गर्नुपर्ने देखिएको छ । तर, घाटामा सञ्चालन हुने जोखिम र आर्थिक स्रोतको अभावका कारण घाट समितिले उक्त खर्च व्यहोर्न नसक्ने जनाएको छ ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले निर्माण सम्पन्न हुँदैमा हतार गरेर शवदाह गृहको जिम्मेवारी नलिने बताउनुभयो । उहाँले शवदाह गृह हस्तान्तरणका विषयमा प्रदेश मन्त्रालयको टोलीसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

“स्थानीय तहको काम जग्गा व्यवस्थापन गर्ने हो, बाँकी प्राविधिक तथा निर्माणको काम प्रदेश सरकारकै समझदारीअनुसार भएको हो,” नगरप्रमुख पोखरेलले भन्नुभयो, “दाउरामा भन्दा विद्युतीय प्रणालीमा ढिलो र झन्झटिलो भयो भने जनतामा राम्रो सन्देश जाँदैन । त्यसैले सम्पूर्ण प्राविधिक तयारी पूरा भएपछि मात्र नगरपालिकाले शवदाह गृह बुझ्छ ।”

स्थानीयवासीले दाउराको खपत घटाउने र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले निर्माण गरिएको करोडौँको पूर्वाधार सरकारी निकायबीचको समन्वय अभावका कारण अलपत्र परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । रासस