११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी

विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी
अ अ+ अ-

काठमाडौँ। ऊर्जा विज्ञ तथा नेपाल विद्युत प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रवल अधिकारीले विद्यमान विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नरोक्ने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा उहाँले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गर्ने कानूनी आधार रहेको दाबी गर्नुभएको हो ।

विद्युत ऐन, २०४९ को दफा २१ र २२ ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन बाटो खुला गरिदिएको बताउनुभएको हो ।

उहाँकाअनुसार दफा २१ मा उत्पादित विद्युतको विक्री र दफा २२ मा विद्युतको आयात तथा निर्यातसम्बन्धी व्यवस्था छ ।  ऐनमा ‘विद्युत व्यापार’ भन्ने शब्द स्पष्ट रूपमा उल्लेख नभएपनि विद्युत खरिद, विक्री, आयात र निर्यातका विषय समेटिएको उहाँको भनाइ छ । दफा २१ ले विद्युत उत्पादनको अनुमति प्राप्त व्यक्ति वा निकायले आफूले उत्पादन गरेको विद्युत विक्री गर्न सक्ने व्यवस्था गरेको अधिकारीले बताउनु भयो ।

उहाँकाअनुसार उत्पादित विद्युत राष्ट्रिय ग्रिडमार्फत प्रवाह गर्नुपर्ने र सरकारले आफैँ विद्युत खरिद गर्न वा अन्य निकायमार्फत खरिद गराउन सक्ने व्यवस्था ऐनमा छ ।

उहाँले यही व्यवस्थालाई आधार मान्दा नेपाल विद्युत प्राधिकरण मात्र एकल खरिदकर्ता हुने मोडलमा सिमित हुनु नपर्ने बताउनु भयो । निजी क्षेत्रबाट उत्पादित विद्युत अन्य संस्थाले समेत खरिद गर्नसक्ने ‘मल्टिपल बायर’ मोडल ऐनको भावनाअनुसार कार्यान्वयन गर्न सकिने उहाँको तर्क छ । त्यस्ता कारोबारको दर निर्धारण तथा नियमनमा विद्युत नियमन आयोगको भुमिका रहने उहाँले बताउनु भयो ।

उहाँले विद्युत ऐन, २०४९ लाई उदार व्याख्या गर्न आवश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार ऐनमा ‘विद्युत् व्यापार कम्पनीमार्फत विद्युत् खरिद–विक्री’ भन्ने शब्दावली नभएपनि सरकारले अन्य निकायमार्फत विद्युत् खरिद गराउनसक्ने व्यवस्था राखिनुले बहुपक्षीय खरिदको सम्भावना देखाउँछ । विद्युत् आयात–निर्याततर्फ पनि ऐनले स्पष्ट व्यवस्था गरेको उहाँको भनाइ छ ।

दफा २२ को उपदफा (१) ले अनुमति प्राप्त व्यक्तिले विद्युत आयात गरी वितरण गर्न चाहेमा नेपाल सरकारको पूर्वस्वीकृति लिएर आयात गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै, उपदफा (२) ले अनुमति प्राप्त व्यक्तिले आफूले उत्पादन गरेको विद्युत् विदेशमा निर्यात गर्न चाहेमा नेपाल सरकारसँग सम्झौता गरी निर्यात गर्नसक्ने व्यवस्था गरेको अधिकारीले बताउनु भयो ।

तर दफा २२ मा ‘अनुमति प्राप्त व्यक्ति’ भन्ने शब्दावली प्रयोग गरिएकाले त्यसको दायरा मुख्यतः उत्पादन, प्रसारण र वितरणका अनुमतिप्राप्त संस्थासँग जोडिएको उहाँले उल्लेख गर्नुभयो । यही कारणले विद्युत व्यापारका लागि छुट्टै कम्पनी वा संस्थालाई लाइसेन्स दिन सकिने विषयमा हालसम्म संकुचित व्याख्या हुँदै आएको उहाँको भनाइ छ ।

उहाँले दफा २१ र २२ लाई छुट्टाछुट्टै नभई समग्र रूपमा हेर्नुपर्ने बताउनुभयो । उहाँकाअनुसार दफा २१ ले अन्य निकायमार्फत विद्युत खरिद गराउन सक्ने व्यवस्था गर्नु र दफा २२ ले आयात–निर्यातको व्यवस्था गर्नुले विद्युत कारोबारमा प्राधिकरणबाहेकका संस्थाको सम्भावनालाई समेत संकेत गर्छ । शब्दको साँघुरो परिभाषामा रहेर पावर ट्रेडिङ कम्पनीलाई लाइसेन्स दिन सकिँदैन भनेर बुझ्नु र बुझाउनु नहुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘विद्युत ऐन २०४९ को दफा २१ मा उत्पादित विद्युतको बिक्रि गर्ने सम्बन्धमा व्यवस्था गरिएको छ भने दफा २२ मा विद्युतको आयात निर्यातको सम्बन्धमा व्यवस्था गरिएको छ । विद्युत व्यापार भन्ने शब्द त प्रयोग गरिएको छैन तर विद्युतको खरिद भनिएको छ, बिक्रि भनिएको छ, विद्युतको आयात भनिएको छ, विद्युतको निर्यात भनिएको छ । हामीले दफा २१ र दफा २२ दुबै समेटेर एकै साथ राखेर हे¥यौं भनेदेखि मल्टिपल बायरको कल्पना ऐनले गरिसकेको छ । विद्युत उत्पादन गरेको बिजुली बीचको कुनै निकायहरुले खरिद गर्नसक्छ र आयात निर्यातको पनि त्यहाँ व्यवस्था छ । शब्दको सागुरो परिभाषामा रहेर हामीले त्यहाँ पावर ट्रेडिङ कम्पनीहरुलाई लाइसेन्सी दिन सकिदैन भनेर त्यसरी बुझ्नु र बुझाउनु हुदैन । विद्युत ऐन, २०४९ अनुसार नै विद्युत नियमन आयोग २०७४ मा जारी भएको हो । यही अवस्थामा विद्युत ऐन, २०४९ लाई नै टेकेर २०७३ सालमा नेपाल सरकारले नै नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिसत सेयर रहेको र आरपिजीसिएल भिउसिएल र एचआइडिसीएल बाँकी सेयर स्वामित्वमा रहेको त्यो सरकारी कम्पनीलाई नेपाल सरकारले नेपालको पहिलो विद्युत व्यापार लाइसेन्स प्रदान गरिसकेको छ भनेदेखि नेपालको त्यही कम्पनी ऐन अन्तर्गत दर्ता भएको एउटा संस्थालाई नेपालको यही कानुनमा टेकेर यदि लाइसेन्स दिन मिल्छ भने अरुलाई दिन नमिल्ने हुँदैन । कम्पनी ऐन अनुसार दर्ता गरिएका निजी क्षेत्रबाट दर्ता गरिएका यही विद्युत ऐनका दफा २१ दफा २२ हेरेर निजी क्षेत्रले विद्युत व्यापार गर्न पाउनु प¥यो भन्दा सरकारले स्वीकृत दिन सक्छ । यही ऐन प्रयोग गरेर एक पटक दिईपनि सकियो । फेरी अहिले अलि न्यारो ब्याख्या गर्न आवश्यक छैन, उदार हुनु जरुरी छ ।’

सरकारले यसअघि नै विद्युत ऐन, २०४९ को आधारमा विद्युत् व्यापार कम्पनीलाई लाइसेन्स प्रदान गरिसकेको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार २०७३ सालमा सरकारले नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व रहेको तथा राष्ट्रिय प्रशारण ग्रिड कम्पनी, विद्युत उत्पादन कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीलगायतको समेत सेयर स्वामित्व रहेको कम्पनीलाई नेपालको पहिलो विद्युत् व्यापार लाइसेन्स प्रदान गरेको थियो । सरकारी स्वामित्वको कम्पनीलाई सोही ऐनको व्याख्याका आधारमा विद्युत् व्यापारको अनुमति दिन सकिने तर निजी क्षेत्रबाट कम्पनी ऐनअनुसार स्थापना भएका संस्थालाई विद्युत व्यापारमा प्रवेश गराउन नसकिने भन्ने नहुने उहाँको तर्क छ ।

नेपालमा विद्युत् उत्पादन बढ्दै जाँदा उत्पादित विद्युत्को बजार व्यवस्थापन, खरिद–विक्री र आयात–निर्यातका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उहाँले बताउनु भयो । निजी क्षेत्रको प्रवेशले नेपाल विद्युत प्राधिकरणलाई समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।

उहाँले अहिले निजी क्षेत्र विद्युत व्यापारमा प्रवेश गर्न खोजिरहेको अवस्थामा कानूनको संकुचित व्याख्या गर्नुको सट्टामा यसको मूल भावना र विगतमा गरिएको अभ्यासलाई समेत आधार बनाएर निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल