११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए

२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए
अ अ+ अ-

काठमाडौँ। नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन् जसमा ४३ जना घाइते भएका छन् ।

पहिरोबाट मात्रै १० जनाको मृत्यु, १२ सडक अवरुद्ध र ६ लाख ४७ हजारको अनुमानित क्षति

प्राधिकरणको पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार देशका ४३ जिल्लामा विपद्का ५२ वटा घटना भएका छन् । ती घटनाहरूमा परी १३ जनाको ज्यान गएको छ भने ५ जना अझै बेपत्ता छन् ।

विपद्मा परी ४३ जना नागरिक घाइते भएका छन् भने ५ वटा चौपायाको क्षति भएको छ । विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने अनुमानित ६ लाख ४७ हजार रूपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ । विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी जनशक्ति परिचालन गरिएको र २ जनाको सकुशल उद्धार गरिएको छ ।

स्याङ्जाको पञ्चमुलमा सबैभन्दा बढी १५२.९ मि.मि. वर्षा, चितवनको रामपुरमा अधिकतम तापक्रम ३८ डिग्री

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज बिहान ८ः४५ बजेसम्म कुल ४ सय १४ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालित ७७ र स्वचालित ३३७) मध्ये ३४५ वटा केन्द्रमा वर्षा मापन भएको छ । जसमा सबैभन्दा बढी वर्षा स्याङ्जा जिल्लाको पञ्चमुल केन्द्रमा १५२.९ मिलिमिटर रेकर्ड भएको छ ।

यसैगरी, २४ घण्टामा अधिकतम तापक्रम चितवनको रामपुरमा ३८.० डिग्री सेल्सियस र सबैभन्दा कम मुस्ताङको लेतेमा २०.६ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै न्युनतम तापक्रम मोरङको विराटनगरमा २८.० डिग्री सेल्सियस र मुस्ताङको थाकमाफाप÷मार्फामा ८.८ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

चार महिनामा ४ हजार ६ सय ५९ विपद्का घटनाः २ सय २९ को मृत्यु, ९ बेपत्ता, १ हजार ४ सय ६३ घाइते र ५ हजार ७ सय ९ परिवार प्रभावित

चालु आर्थिक वर्ष २०८३ वैशाख १ गतेदेखि साउन २९ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ६ सय ५९ वटा विपद्का घटनाहरू भएका छन् । यी घटनाहरूमा परी हालसम्म २ सय २९ जनाले अकालमै ज्यान गुमाएका छन् भने ९ जना अझै बेपत्ता रहेका छन् । उक्त अवधिमा १ हजार ४ सय ६३ जना नागरिक घाइते भएका छन् भने कुल ५ हजार ७ सय ९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंश र पहिरोका कारण भएको देखिएको छ । –न्युज एजेन्सी नेपाल