११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का

नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का
तस्बिर : गोपाल दाहाल/ रासस
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता वर्तमान समयमा गम्भीर संकटमा रहेको बताउनुभएको छ ।

पार्टीभित्रको अन्योल चिर्न र नयाँ उत्साह भर्न आयोजित काँग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्रियताको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो शर्त भएको उल्लेख गर्नुभयो ।

खड्काले वि.सं. २०३३ सालमा जननायक वीपी कोईरालाले राष्ट्रियतामा खतरा देखेर मेलमिलापको नीति लिई स्वदेश फर्किएको समयको तुलनामा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण र संवेदनशील रहेको दाबी गर्नुभयो । मुलुकमा हालै देखिएका जातीय र धार्मिक द्वन्द्वका घटनाहरूप्रति संकेत गर्दै नेता खड्काले यसलाई एउटा डरलाग्दो भविष्यको ‘ट्रेलर’ मात्र भएको टिप्पणी गर्नुभयो । मधेशमा देखिएका पछिल्ला अस्थिरताहरूले देशलाई तरंगित बनाएको उल्लेख गर्दै उहाँले बेलैमा सचेत नभए मुलुकले भयावह स्थितिको सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालको राष्ट्रियता र संविधानमाथि ठुलो खतरा छ । यसलाई जोगाउन कांग्रेसभित्रको पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूको ध्रुवीकरण अनिवार्य छ । यदि हामी एकताबद्ध भएर छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई गम्भीरतापूर्वक अगाडि बढाउन सकेनौँ भने देशले ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।’

पार्टीको आन्तरिक राजनीतिका सन्दर्भमा बोल्दै खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान भेलाले संकल्प गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विशेष महाधिवेशन वा अन्य कुनै नाममा पार्टीभित्र गरिने अवैधानिक गतिविधिहरूले संगठनलाई अहित गर्ने बताउँदै नेतृत्वलाई सच्याउन र एकताको बाटोमा फर्कन दबाब दिनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल