३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशसभाको बैठक बहिष्कार गर्ने एमालेको तयारी



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशसभाको आज बस्ने बैठक एमाले प्रदेशसभा सदस्यहरूले बहिष्कार गर्ने भएका छन्।

आजको कार्यसूचीमा सभामुख रामचन्द्र मण्डलमाथि पदअनुसार आचरण नगरेको भन्ने प्रस्तावमाथि छलफल रहेको छ।

एमालेले आफूहरूले कुनै पनि असंवैधानिक काम नगरेको स्पष्ट दाबी गर्दै बैठकमा नबस्ने निर्णय गरेको हो।

एमाले प्रमुख सचेतक हरिनारायण महताले आजको बैठकमा नआउने जनाएका छन्। यद्यपि, घरायसी कामका कारण उपस्थित हुन नसक्ने बताएका छन् ।

एमालेका अर्का सांसद राजकुमार लेखी भने पार्टीभित्रै बैठक बहिष्कारबारे स्पष्ट आधिकारिक जानकारी नआएको दाबी गर्छन्। लेखीले आफू पनि आजको बैठकमा नजाने संकेत गरे।

उनले सभामुखले आफूहरूलाई बैठकका लागि नबोलाएको र कुनै सूचना नआईपुगेको दाबी गरे। विपरीत रूपमा प्रदेशसभा सचिवालयका कर्मचारीहरूले भने सबै प्रदेशसभा सदस्यलाई एसएमएसमार्फत बैठकको सूचना पठाइएको पुष्टि गरेका छन्।

आजको बैठक प्रतिपक्ष एमालेको अनुपस्थितिमै बस्ने छ।