९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गर्ने अछामको मल्लेक गाउँपालिका घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीय अमृत साउदलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गरेको अभियोगमा साउदलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका साउदसँग प्रहरीले लुटपाट गरेको एक थान कम्प्युटर, सिपियु एक थान, प्रिन्टर मेसिन एक थान, जुत्ता एक जोर तथा तरबार एक थान बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिनुभयो ।रासस