९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध



अ+ अ-

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो, सडकमा जमेको लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार आज बिहान १० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

काभ्रेपलाञ्चोक हुँदै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली जोड्ने बीपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। सडकमा हिलो जमेकाले सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। उक्त स्थानमा वैकल्पिक सडकसमेत रहेको जनाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङ बजारस्थित अरनिको राजमार्ग भदौ ५ गते खहरे खोलाबाट आएको लेदो तथा ढुङ्गासहितको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।

यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीले वर्षाका कारण सडक अवरुद्ध हुने तथा जोखिम बढ्ने क्रम जारी रहेकाले प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।




भर्खरै