९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए



अ+ अ-

काठमाडौँ। दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा आएको टाइफुन नाराका कारण उत्पन्न भीषण बाढीपछि करिव ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

ग्वाङ्सीको फाङचेनगाङ सहरस्थित साङ्सी काउन्टीमा बाढीले जनजीवन प्रभावित पारेपछि उद्धार टोलीहरूले चौबीसै घण्टा खटिएर उद्धार कार्यलाई तिब्रता दिएका छन् ।

टाइफुनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिवार राति उक्त क्षेत्रमा दोस्रो तहको चेतावनी जारी गरिएको थियो ।

स्थानीय अधिकारीहरूकाअनुसार आईतवार साँझसम्ममा प्रभावित क्षेत्रबाट करिव ४ हजार सर्वसाधारणलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ । बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको बताइएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल