२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने

प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग तत्काल छलफल गर्ने निर्णय गरेको छ।

फोरमको मंगलबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग भेट गरी उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मागिने जानकारी दिनुभयो। उहाँका अनुसार उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग खोल्ने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइनेछ।

“मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको छ,” अध्यक्ष महर्जनले भन्नुभयो, “फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनेछौँ।”

फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ। यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताउनुभयो।

यसैगरी, भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको भनिएको दुर्व्यवहारप्रति पनि फोरमले आपत्ति जनाएको छ। प्रधानमन्त्रीसँगको भेटमा उक्त विषयसमेत उठाउने निर्णय भएको महर्जनले जानकारी दिनुभयो।

यसअघि पनि काठमाडौँ महानगरपालिकाका प्रमुख हुँदा प्रधानमन्त्री साहसँग उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी वैकल्पिक व्यवस्था गर्नुपर्ने विषयमा छलफल हुँदै आएको फोरमले जनाएको छ।

यसैबीच, उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडाका स्थानीयवासीले आफ्ना माग १५ दिनभित्र पूरा नभए फोहोर विसर्जनमा रोक लगाउने चेतावनी दिएका छन्। स्थानीयवासीले फोहोर रोक्ने चेतावनी दिएपछि मेयर्स फोरमले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो।