९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की



अ+ अ-

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित रही पत्रकारिता गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सत्य र तथ्यको आधारमा गरिने पत्रकारिताले मात्र समाजलाई बलियो बनाउने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले बिमा कम्पनील बीमितको भुक्तानीे सहज र सरल ढङ्गबाट गर्ने व्यवस्थाका लागि आग्रह गर्दै प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितमा काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफनो नेतृत्वको सरकारले सबै राजनीतिक दलसँग सहकार्य गरेको घटना सुनाउदै उहाँले व्यवसायीलाई आफनो पेशामा टिकाउन बिमा कम्पनीको ठूलो भूमिका रहेको बताउनुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहसिक एवं जोखिमपूर्ण पेसा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट बीमित लाभान्वित हुने धारणा राख्नुभयो ।

एक हजार २०० पत्रकारको एक वर्षका लागि दुर्घटना बिमामा लाग्ने खर्च प्रदेश सरकारले बेहोरेको जानकारी दिँदै उहाँले महासङ्घले आवश्यकता महसुस गरे कार्यक्रम निरन्तर चलिरहने विश्वास दिलाउनुभयो ।

महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएकोे कार्यक्रममा केन्द्रीय सदस्य कमल रिमाल, महासङ्घका कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका व्यवस्थापक निरञ्जन आचार्य र कम्पनीका कोशी प्रदेशका प्रमुख राजेन्द्र महर्जनले पत्रकार हकहित र बिमा कार्यक्रमको प्रभावकारीताका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका पत्रकारका लागि एक वर्षको दुर्घटना बिमा गरेको छ ।