२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

देउवाको अपिल : ‘अवैधानिक महाधिवेशन’मा नजानुस्, मंसिरमै १५औँ महाधिवेशन गरौँ

देउवाको अपिल : ‘अवैधानिक महाधिवेशन’मा नजानुस्, मंसिरमै १५औँ महाधिवेशन गरौँ
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको आन्तरिक मतभेद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै देउवाले विपत्तिको समयमा राजनीतिक, धार्मिक तथा भौगोलिक विभेद नगरी खोज, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा एकजुट हुन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्। उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पनि आ–आफ्नो स्थानबाट विपद् प्रभावितको सहयोगमा जुट्न निर्देशन दिएका छन्।

देउवाले २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीमा राजनीतिक दल, नागरिक समाज तथा सञ्चारमाध्यमसहित सबै पक्ष एकजुट भएर विपत्तिको सामना गरेको स्मरण गर्दै भोटेकोशी बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणमा पनि त्यस्तै राष्ट्रिय एकताको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। साथै, विपत्तिमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय निकाय तथा विभिन्न संघसंस्थाप्रति उनले आभार व्यक्त गरेका छन्।

अपिलमा देउवाले कांग्रेसभित्र बढ्दो मतभेदप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय रूपमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन खोजेको उनको आरोप छ।

लामो समय पार्टी निर्माणमा योगदान दिएका नेता तथा बहुसंख्यक सदस्यलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास कांग्रेसको हितमा हुन नसक्ने देउवाको भनाइ छ। उनले विशेष महाधिवेशन किन गर्नुपरेको भन्ने प्रश्नको जवाफसमेत आम नेता–कार्यकर्ता र जनताले पाउन नसकेको बताएका छन्।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले अन्तिम निर्णय नहुँदै त्यसकै आधारमा महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी तथा संवैधानिक मान्यताविपरीत हुने दाबी गरेका छन्। सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको सन्दर्भले पनि विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको उनको भनाइ छ।

देउवाले कांग्रेसले विगतमा पार्टीभित्र तथा मुलुकमा देखिएका जटिल समस्या एकता, सहमति र सहकार्यका आधारमा समाधान गर्दै आएको स्मरण गर्दै सहमतिको सम्भावना हुँदाहुँदै बहुसंख्यक नेता–कार्यकर्ताको सहभागिताबिना महाधिवेशन अघि बढाउनु पार्टीलाई कमजोर बनाउने गतिविधि भएको बताएका छन्। त्यसैले विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको स्पष्ट पार्दै देउवाले आवश्यक ठाने राज्य र पार्टीका लागि जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको भनाइ छ।

महाधिवेशनका लागि पर्याप्त समय बाँकी हुँदाहुँदै सहमतिबिना हतारमा पार्टीलाई कमजोर वा विभाजन गर्ने उद्देश्यले अवैधानिक अधिवेशन गरिए आफू मुकदर्शक भएर बस्न नसक्ने देउवाले चेतावनी दिएका छन्।

उनले कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध भएर मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्। साथै पार्टीभित्र एकता, सहमति र सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्न सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।