१ आश्विन २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक



अ+ अ-

काठमाडौं । नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले भी७ई मोडलको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो।

कम्पनीका अनुसार फराइजनको उक्त भ्यान नेपाली बजारमा उपलब्ध भ्यान सेग्मेन्टमध्ये सबैभन्दा धेरै फिचरयुक्त मोडल हो। जिली र सीएटीएलको सहकार्यमा विकसित २सी (तियानसिङ सिरिज) प्रविधिको ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री भ्यानमा प्रयोग गरिएको छ।

जीएक्सए–एम ईभी प्लेटफर्ममा निर्माण गरिएको उक्त भ्यान सुरक्षित र आरामदायी रहेको कम्पनीको दाबी छ। ईभी प्लेटफर्ममा निर्माण भएकाले नेपालको खाल्डाखुल्डी सडकमा समेत ब्याट्री सुरक्षित रहने कम्पनीले जनाएको छ।

नयाँ ब्याट्री प्रविधिका कारण ब्याट्रीको आयु लामो हुनुका साथै छिटो चार्ज हुने र बढी रेन्ज दिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार भ्यानलाई १२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

१३ सिट क्षमताको भ्यानमा ३६० डिग्री क्यामेरा, अटो होल्ड, कीलेस इन्ट्री तथा स्टार्ट, एन्ड्रोइड अटो र एप्पल कारप्लेसहितका सुविधा छन्। त्यस्तै, १२.३ इन्चको टचस्क्रिन र ७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ।

भ्यानमा फ्रन्ट डुअल एयरब्याग, रेन सेन्सिङ वाइपर, अटो हेडलाइट र हिल होल्ड कन्ट्रोललगायतका सुरक्षा तथा सुविधा फिचर उपलब्ध छन्।

कम्पनीले नयाँ फराइजन ईभी भ्यानले नेपाली बजारमा यात्रुवाहक तथा व्यावसायिक विद्युतीय सवारीको विकल्प विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।