३१ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन



अ+ अ-

काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ।

भूमि समस्या समाधान समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई पत्र पठाउँदै स्वघोषणामा जग्गा नभएको उल्लेख गरेका व्यक्तिहरूको विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट रुजु गर्दा उनीहरू तथा परिवारका सदस्यको नाममा जग्गा रहेको देखिएपछि कारबाहीका लागि निर्देशन दिएको हो।

समितिका अनुसार स्वघोषणामा आफू र आफ्नो परिवारको नाममा कतै पनि जग्गा नभएको उल्लेख गरे पनि सरकारी अभिलेखमा जग्गा रहेको देखिएका चार जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला समितिमा सिफारिस गरिएको छ।

भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम, ताप्लेजुङ, झापा, काभ्रे जिल्लामा उनीहरुको तथा परिवारको नाममा जग्गा रहेको देखिएको समितिको पत्रमा उल्लेख छ ।

समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिहरूको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा रहेको भेटिएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। झुटा विवरण पेस गरी भूमिहीनको सुविधा लिन खोजेको देखिएमा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम आवश्यक कारबाही गर्न समितिले सम्बन्धित जिल्ला समितिलाई आग्रह गरेको छ।