३१ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् व्यवस्थापनका लागि स्पष्ट कार्यादेश (टीओआर) सहित संसदीय समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ।

बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक राईले विपद् व्यवस्थापनमा सबै राजनीतिक दललाई सहभागी गराउन संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको हो। उहाँले सत्तारुढ दलका सभापतिलाई समेत संसदीय समिति गठन गरी विपद् व्यवस्थापनको काममा सबै दललाई सहभागी गराउन आग्रह गरिएको जानकारी दिनुभयो।

विपद् कुनै पक्ष वा प्रतिपक्षको विषय नभई साझा विषय भएकाले कांग्रेस सरकारलाई सर्तरहित रूपमा सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो। तर त्यसका लागि सरकारको तदारुकता र प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ।

सचेतक राईले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्रीको प्रत्यक्ष सहभागिता नदेखिएकोप्रति समेत प्रश्न उठाउनुभयो। उहाँका अनुसार बुधबार बसेको बैठकमा सत्तारुढ दलका सभापति, प्रमुख प्रतिपक्ष दलका सभापति तथा पूर्वप्रधानमन्त्रीहरू सहभागी भए पनि प्रधानमन्त्रीको उपस्थिति थिएन।

‘विपद्को बेला सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ। सरकारबाटै यस्ता पहल र प्रधानमन्त्रीको उपस्थिति भएको भए काम अघि बढाउन अझ सहज हुन्थ्यो,’ राईले भन्नुभयो।

उहाँले विपद्पछि खोज तथा उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणको कामलाई योजनाबद्ध ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो। रसुवालगायत प्रभावित क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्दै पुनर्निर्माणका लागि स्पष्ट योजना बनाउनुपर्ने उहाँको भनाइ छ।