१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह



अ+ अ-

काठमाडौं । झापा उद्योग वाणिज्य सङ्घले आगामी बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै व्यवसायीलाई उपभोक्ता अधिकारको संरक्षण र बजार अनुशासन गर्न आग्रह गरेको छ ।

सङ्घले व्यापारीलाइ बिक्री गरिने वस्तुको मूल्यसूची, स्थायी लेखा नम्बर (पान) तथा व्यवसाय दर्ता प्रमाणपत्र उपभोक्ताले सहजै देख्न सक्ने स्थानमा राख्न भनेको छ । सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले चाडपर्वका समयमा बजारमा चाप बढ्ने भएकाले उपभोक्तालाई सहज हुनेगरी व्यवसाय सञ्चालन गर्न तथा नेपाल सरकारले तोकेका मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

यसैबीच, चाडपर्वलाई मध्यनजर गर्दै सङ्घले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म साप्ताहिक बजार बन्दको व्यवस्था अस्थायी रूपमा हटाएको छ । उक्त अवधिमा उद्योग, पसल तथा व्यवसाय नियमित सञ्चालन गर्न सङ्घले व्यवसायीलाई आग्रह गरेको छ ।

आगामी कात्तिक ३० गतेपछि भने साविककै व्यवस्थाअनुसार साप्ताहिक रूपमा उद्योग, पसल तथा व्यवसाय बन्द रहने सङ्घले जनाएको छ ।




भर्खरै