१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर होस्ः सांसद केसी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद केसीले मुलुकमा देखिएको संकटपूर्ण अवस्थालाई नाफा कमाउने अवसरका रूपमा प्रयोग गर्दै कालोबजारी मौलाएको आरोप लगाउनुभयो । उहाँले बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारण मारमा परेको बताउनुभयो ।

सांसद केसीका अनुसार पछिल्लो समय चामलको मूल्य प्रतिबोरा २ हजार ७ सय रुपैयाँ, सूर्यमुखी तेलको मूल्य प्रतिलिटर ३ सय रुपैयाँ, तोरीको तेल ४ सय ४० रुपैयाँ र खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । त्यस्तै, अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ पुगेको तथा सागपात र फलफूलसमेत सर्वसाधारणको पहुँचबाहिर गएको उहाँले बताउनुभयो ।

उहाँले पछिल्लो चार महिनामा मूल्यवृद्धि ४ दशमलव ५६ प्रतिशत पुगेको उल्लेख गर्दै बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुन नसकेको आरोप लगाउनुभयो ।

ग्यासको आपूर्तिमा समेत समस्या देखिएको भन्दै सांसद केसीले काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिण्डर ग्यासको माग रहे पनि त्यसको आधाभन्दा कम मात्र आपूर्ति भइरहेको दाबी गर्नुभयो । ग्यासका लागि सर्वसाधारणले घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको तर कालोबजारमा प्रतिसिलिण्डर २ हजार ६ सय रुपैयाँसम्ममा सहजै ग्यास पाउने अवस्था रहेको उहाँको भनाइ थियो ।

उहाँले संकटको आडमा सिर्जना गरिएको यस्तो अस्वाभाविक बजार चक्रले राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको बताउनुभयो । बजारमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गरी सर्वसाधारणलाई सहज रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने उहाँले बताउनुभयो ।




भर्खरै