४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति

पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई जनाको मृत्यु

पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई जनाको मृत्यु
अ+ अ-

काठमाडौँ। अमेरिकी सैन्य कमाण्ड (साउथकम) ले आईतवार पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको एक डुङ्गामाथि नयाँ सैन्य आक्रमण गरेको छ ।

उक्त कारबाहीमा परी डुङ्गामा सवार दुई जनाको मृत्यु भएको साउथकमले पुष्टि गरेको छ । साउथकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिअनुसार पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने नियमित मार्गमा सञ्चालित एक लो–प्रोफाइल’ डुङ्गालाई सैन्य आक्रमण गरी डुबाइएको हो ।

सैन्य कमाण्डले उक्त डुङ्गा लागुऔषध तस्करीमा सक्रिय रहेको पुष्टि गर्ने ‘भरपर्दो गुप्तचर सूचना’ प्राप्त भएको दाबी गरेको छ । यद्यपि, उक्त दाबीलाई पुष्टि गर्ने अन्य कुनै विस्तृत विवरण वा प्रमाण भने सार्वजनिक गरिएको छैन ।

अमेरिकी सञ्चारमाध्यमहरूकाअनुसार विगत दुई महिनाको अवधिमा लागुऔषध तस्करी विरुद्ध अमेरिकी सेनाले सार्वजनिक रूपमा घोषणा गरेको यो पहिलो आक्रमण हो ।

न्युयोर्क युनिभर्सिटी स्कुल अफ लसँग आबद्ध राष्ट्रिय सुरक्षा सम्बन्धी प्रकाशन ‘जस्ट सेक्युरिटी’ को तथ्याङ्कअनुसार, सन् २०२५ सेप्टेम्बरको शुरुदेखि क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकाले गरेको यो ६७ औँ आक्रमण हो। यी सैन्य कारबाहीहरूमा हालसम्म २२३ जनाको ज्यान गइसकेको छ, जसमा बेपत्ता भएका वा मृत मानिएका २३ जना समेत समावेश छन् ।

सन्दिग्ध लागुऔषध तस्करहरू विरुद्ध घातक सैन्य बल प्रयोग गरिएकोमा अमेरिकी सांसद र कानुनी विज्ञहरूले यसको कानूनी आधारमाथि प्रश्न उठाउँदै आएका छन् । त्यसै गरी, लक्षित डुङ्गा र व्यक्तिहरूको पहिचानका लागि प्रयोग गरिने प्रमाणहरूको विश्वसनीयताका बारेमा पनि आलोचना भइरहेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल