३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी

महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी
अ+ अ-

काठमाडौं । महिला उद्यमीहरूले उत्पादन गरेका कृषि तथा वनमा आधारित वस्तुहरूको प्रदर्शनी आयोजना गरिएको छ । आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले मंगलबार काठमाडौंको होटल ¥याडिसनमा महिला उद्यमीका उत्पादन प्रदर्शन गरेको हो ।

प्रदर्शनीमा महिला उद्यमीहरूले उत्पादन गरेका मह, जडीबुटी, कफी, चिया, कपडालगायत विभिन्न कृषि तथा वनजन्य वस्तु राखिएका थिए । प्रदर्शनीसँगै आध्यान्ताले वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसँगको साझेदारीमा विस्तार तथा स्तरोन्नति गर्ने विषयमा सरोकारवालासँग छलफलसमेत आयोजना गरेको थियो । कार्यक्रममा निजी क्षेत्र, उद्यमी तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो ।

आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेलले किसान तथा सम्भावना बोकेका कृषि उद्यमलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँले सम्भावना भएका कृषि तथा अन्य उद्यममा लगानी गर्नुका साथै तिनलाई लगानीयोग्य र विस्तारयोग्य बनाउन कम्पनीले काम गरिरहेको बताउनुभयो ।

किसानले खेतमै उत्पादन बिक्री गर्दा पाउने मूल्य र काठमाडौंलगायतका बजारमा उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर रहेको भन्दै पौडेलले कृषि क्षेत्रमा रहेको मूल्य श्रृंखलाको अन्तर घटाउन पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार कोल्ड स्टोरेज, वेयरहाउस, प्रशोधन तथा बजार व्यवस्थापनजस्ता पूर्वाधारको अभाव तथा लगानीमा रहेको अक्षमताका कारण किसान र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर देखिएको हो । यस्ता पूर्वाधारमा लगानी बढाउन सके किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि तुलनात्मक रूपमा उचित मूल्यमा वस्तु खरिद गर्न सक्ने उहाँको भनाइ छ ।

“हामी आफैँ कृषिको बिजनेस गर्ने होइनौँ । हामी आफैँ कृषक पनि होइनौँ । तर सम्भावना बोकेका र अझ ठूलो उद्यम बन्न सक्ने सम्भावना भएका उद्यममा हामी लगानी गर्दै आएका छौँ,” पौडेलले भन्नुभयो, “कतिपय उद्यम आजकै दिनमा लगानीयोग्य अवस्थामा हुँदैनन् । त्यस्ता उद्यमलाई व्यवस्थापनमा सहयोग गर्ने, बजारसम्म पु¥याउने, गुणस्तर सुनिश्चित गर्नेलगायतका काममा पनि हामी उहाँहरूसँगै काम गर्छौँ ।”

उहाँले साना तथा सम्भावनायुक्त उद्यमलाई लगानीयोग्य बनाएर लगानी भित्र्याउने र त्यसपछि उद्यमलाई विस्तार गर्ने रणनीति रहेको बताउनुभयो ।

पौडेलले कृषि उत्पादनको मूल्यमा देखिएको ठूलो अन्तरलाई सम्बोधन गर्न उत्पादनसँगै बीचको पूर्वाधार विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले किसानलाई मात्र लक्षित गरेर नभई ठूलो संख्यामा किसानलाई जोड्ने पूर्वाधारमा लगानी गर्ने रणनीति कम्पनीले लिएको बताउनुभयो ।

दूध, चिया, अदुवालगायतका कृषि उत्पादनले बजार नपाउने समस्या समाधान गर्न उत्पादनसँगै प्रशोधन र बजारसँग जोडिने उद्यमको विकास आवश्यक रहेको उहाँले बताउनुभयो । आध्यान्ताले यस्ता उद्यममा लगानी गरी किसानलाई बजारसँग जोड्ने र क्षेत्रगत रूपमा कृषि मूल्य श्रृंखला बलियो बनाउने रणनीति लिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार लगानीकर्ताबाट छरिएर रहेको पुँजी एकत्रित गरी सम्भावना बोकेका उद्यममा लगानी गर्ने काम कम्पनीले गर्दै आएको छ । सानो पुँजी भएका धेरै किसानलाई वित्तीय प्रणालीसँग जोड्न प्रविधिको प्रयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

आध्यान्ताले दुई वर्षअघि ‘खेती’ नामक एग्रिटेक कम्पनीमा लगानी गरेको पौडेलले जानकारी दिनुभयो । उक्त डिजिटल एपमार्फत किसानले कृषि सामग्री तथा इनपुट खरिदका लागि बैंक ऋणमा आवेदन दिन सक्ने सुविधा पाएका छन् । एपले ठूलो संख्यामा किसानलाई एउटै प्लेटफर्ममा जोड्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

पौडेलले कृषि क्षेत्रमा प्रविधि र नवीनताको प्रयोगमार्फत ठूलो संख्यामा किसानलाई वित्तीय तथा बजार प्रणालीसँग जोड्न सकिने बताउनुभयो । उत्पादन, प्रशोधन, भण्डारण, वित्तीय पहुँच र बजार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन सके कृषि क्षेत्रको मूल्य श्रृंखला थप बलियो बन्ने उहाँको भनाइ छ ।

उहाँले कृषि तथा वनमा आधारित उद्यमको विकासका लागि निजी क्षेत्रको लगानीसँगै राज्यले पूर्वाधार, प्रविधि र उद्यम विकासमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।