२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतभेद भए पनि छलफलबाट अघि बढौं, हतार गर्न आवश्यक छैनः रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्रका मतभेदलाई संवाद र छलफलबाट समाधान गर्नुपर्ने बताएकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै झाँक्रीले राजनीतिक जीवनमा उतारचढाव आउनु स्वाभाविक भएको बताउँदै कुनै पनि निर्णय हतारमा गर्न नहुने धारणा राखेकी छन् ।

उनले लेखेकी छन्, “राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै । हरेक मान्छेमा वैचारिक भिन्नता हुन्छ, कार्यशैली फरक हुन सक्छ। हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सही निर्णय लिनु नै नेतृत्वको मापन हो ।”

झाँक्रीले पार्टीभित्र मतभेद र विचारभिन्नता हुनुलाई स्वाभाविक ठहर गर्दै आग्रहपूर्वाग्रह त्यागी छलफलमा बस्न नेताकार्यकर्ताहरुलाई आग्रह गरेकी छन् ।

उनले थपेकी छन्, “हामी सबै छलफलमा बसौं। आग्रहरपूर्वाग्रह त्यागौं । आन्दोलनलाई सही दिशामा पुर्‍याऔं। हतार गर्नुपर्ने कुनै कारण छैन । धैर्यका साथ संवाद जारी राखौं ।”

अहिलेको आवश्यकता जल्दबाजीको नभई सहि निर्णयमा पुग्नका लागि केही समय लिनु र सहमति खोज्नु रहेको उनको भनाई छ ।

हाल एकीकृत समाजवादीभित्र आन्तरिक असन्तुष्टि र समूहगत असहमति देखिएका बेला झाँक्रीको उक्त अभिव्यक्तिलाई नेतृत्वबीचको संवाद र एकताका लागि दिएको सन्देशका रूपमा लिइएको छ ।