१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो

मतभेद भए पनि छलफलबाट अघि बढौं, हतार गर्न आवश्यक छैनः रामकुमारी झाँक्री

मतभेद भए पनि छलफलबाट अघि बढौं, हतार गर्न आवश्यक छैनः रामकुमारी झाँक्री
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्रका मतभेदलाई संवाद र छलफलबाट समाधान गर्नुपर्ने बताएकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै झाँक्रीले राजनीतिक जीवनमा उतारचढाव आउनु स्वाभाविक भएको बताउँदै कुनै पनि निर्णय हतारमा गर्न नहुने धारणा राखेकी छन् ।

उनले लेखेकी छन्, “राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै । हरेक मान्छेमा वैचारिक भिन्नता हुन्छ, कार्यशैली फरक हुन सक्छ। हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सही निर्णय लिनु नै नेतृत्वको मापन हो ।”

झाँक्रीले पार्टीभित्र मतभेद र विचारभिन्नता हुनुलाई स्वाभाविक ठहर गर्दै आग्रहपूर्वाग्रह त्यागी छलफलमा बस्न नेताकार्यकर्ताहरुलाई आग्रह गरेकी छन् ।

उनले थपेकी छन्, “हामी सबै छलफलमा बसौं। आग्रहरपूर्वाग्रह त्यागौं । आन्दोलनलाई सही दिशामा पुर्‍याऔं। हतार गर्नुपर्ने कुनै कारण छैन । धैर्यका साथ संवाद जारी राखौं ।”

अहिलेको आवश्यकता जल्दबाजीको नभई सहि निर्णयमा पुग्नका लागि केही समय लिनु र सहमति खोज्नु रहेको उनको भनाई छ ।

हाल एकीकृत समाजवादीभित्र आन्तरिक असन्तुष्टि र समूहगत असहमति देखिएका बेला झाँक्रीको उक्त अभिव्यक्तिलाई नेतृत्वबीचको संवाद र एकताका लागि दिएको सन्देशका रूपमा लिइएको छ ।