काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।
गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले आफ्नो कर्यकाल पुरा नहुँदै राजीनामा दिएका हुन् ।
मुख्य प्रशिक्षक रसले केही दिन अघि राजीनामा दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले जानकारी दिए ।
रसले राजिनामा दिनुको कारण भने खुलाएका छैनन् ।










