९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर अर्यालको कबिता



अ+ अ-

कोरोनाको संकट यो बढेर
संपूर्णमानवजाति नैआक्रान्त भो
सबैको यो संकटको घडी मा
रक्षा गर्नोस् पशुपतिनाथ त्राहि
कोरोनाभाइरस नयाँ रोग हो यो
यसको कुनै आज दवाई छैन
वैज्ञानिकलाई क्षमता बक्सियोस्
औषधी बनोस् पशुपतिनाथ त्राहि
संसार साराको कुना कुनामा
कोरोना महामारी बढी रहेछ
संपूर्ण विश्व यसबाट त्रसितभै
आत्तिइ सक्यो पशुपतिनाथ त्राहि
जगतभरि कैै जनताहरु सबै
कोरोनारोग संक्रमणको भयले
घर बाहिर निस्कन नै नहुने भो
सबै जना लाइ पशुपतिनाथ त्राहि
कोरोनाको रोग सबतिर फैलिइ
दिन दिन बिरामी धेर बढ्न थाले
अस्पतालैले यसलाइ नधान्ने भो
नबढुन् रोगी पशुपतिनाथ त्राहि
कोरोनारोगको प्रकोप बढेर
दिन दिन मान्छे धेर मर्न थाले
रोगलाइ जित्ने क्षमता बढोस् प्रभु
नमरुन् मान्छे पशुपतिनाथ त्राहि
कोरोना ले खेती हुन नसक्ने भो
संचित खाद्य पनि सकिने भो
गरीबका घरमा खान नै कठिन भो
खान पाउन् पशुपतिनाथ त्राहि
गोरस दिने गाईवस्तु हाम्रा
ती वस्तुभाऊ आँफै भोका भए
कसोरी भूखमरीलाई बचाउने
पशु बचुन् पशुपतिनाथ त्राहि