१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन

भर्खरै जारी नेपालको नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा पठाइने

भर्खरै जारी नेपालको नयाँ नक्सा संयुक्त राष्ट्रसंघमा पठाइने
अ अ+ अ-

काठमाडौं । सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। राष्ट्रसंघमा सदस्यता लिँदा बुझाएको विवरणसँग नक्सा मेल खाने भएपछि त्यहाँ नक्सा बुझाउने तयारी गरिएको परराष्ट्र उच्चस्रोतले बतायो। यसअघि नेपालले औपचारिक रूपमा नक्सा बुझाएको थिएन। सदस्य बन्ने समयमा राष्ट्रसंघले नक्सा माग गरेको तर नक्सा अनुसारको नेपालको सिमानाको सम्पूर्ण विवरण बुझाएको हुनाले त्यसयता यसको आवश्यकता परेको थिएन। यहीबीचमा अन्नपूर्ण पोस्ट्मा नक्साको विवरणमात्र राष्ट्रसंघमा बुझाएको समाचार सार्वजनिक भएदेखि नै सरकारले नेपालको नक्सा जारी हुने वित्तिकै राष्ट्रसंघलाई पठाउने योजना बनाएको थियो। अहिले सरकारले १८१६ को सुगौली सन्धिमा भएको सम्झौता अनुरूपकै भूभागलाई समेटेर आफ्नो नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा बुधबार सार्वजनिक गरेलगत्तै त्यसलाई अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी गरेको हो। परराष्ट्र मन्त्रालयले पहिलो दुई छिमेकीलाई जानकारी दिने र त्यसपछि राष्ट्रसंघमा पठाउने सुझाव दिए पनि राजनीतिक नेतृत्वले राष्ट्रसंघमा पठाउन पर्ने बताउँदै अँएका छन्।

यसै साता नक्सा पठाउने भने पनि नक्सा सार्वजनिक भएपछि भारतले कडा शब्दमा नेपालले जारी गरेको नक्सामा आपत्ति जनाएपछि के गर्ने भन्दै छलफल अघि बढाउने भएका छन्।भारतले कात्तिकमा आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग परेको भन्दै नेपालले आपत्ति गरेकै शैलीमा अहिले भारतले पनि आपत्ति गरेको छ। नेपालले उक्त नक्सा संयुक्त राष्ट्रसंघको अलवा भारतमा शासन गरेको राष्ट्र बेलायत, छिमेकी भारत र चीनलाई पठाउने पररराष्ट्र स्रोतले जानकारी दियो। यद्यपी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो विषयमा कुनै जानकारी दिएका छैनन। लगातारको जिज्ञासामा उनले यो विषयलाई वेवास्ता गरे। बेलायत र चीनसहित राष्ट्रसंघ सुरक्षा परिषद् अन्य स्थायी सदस्य अमेरिका, रसिया र फ्रान्सलाई उक्त नक्सा पठाउने तयारी गरेको हो। तर मन्त्रालयमा भएको बहसमा उक्त नक्साको विषयमा विवाद आएकाले भारतसँग स्पट छलफल गरेर मात्र अन्यत्र पठाउन राम्रो हुने सुझाव पनि आएको छ। तर, भारतले उक्त नक्सामा आपत्ति जनाउँदै आफ्नो भूभाग नेपाली नक्सामा परेको भनिसकेकाले नक्सा सबै सम्बन्धित अन्तर्राष्ट्रिय निकायमा लैजान राजनीतिक दलहरूबाट सुझाव आएको छ। नक्सा नै सार्वजनिक गरिसकेपछि जानकारी दिन कुन ठूलो कुरा भयो भन्दै जानकारी दिन सबै दूतावासहरूलाई नक्सा पठाउने तयारी गरेको छ।

उक्त नक्सा पहिले त भारतलाई नै जानकारी दिँदै त्यसबारेमा स्पष्ट पार्ने प्रक्रिया नेपालले अघि बढाउने जनाएको थियो। नेपालको उक्त भूभाग बारे जतिबेला भारत र चीनले सहमति गरेर नयाँ नाका खोल्ने तयारी गरी त्यतिबेला नै दुवै मुलुकलाई विरोध पत्र दिएको बताइएको छ। सुशील कोइराला प्रधानमन्त्री रहँदा दिइएको उक्त विरोध पत्र बाहिर ल्याउन पनि परराष्ट्रलाई दबाब परिरहेको अवस्थामा नक्सा राष्ट्रसंघमा बुझाउने या नबुझाउने अर्को समस्या आइलागेको छ। यस विषयमा परराष्ट्रसचिव शंकरदास बैरागीदेखि अन्य मातहतका कोही पनि अधिकारीले औपचारिक धारणा राखेका छैनन। उनीहरू यो विषय राजनीतिक तहबाट टिप्पणी लिन भनिरहेका छन्।

सीमा कता मिचियो के भयो भन्ने विषय नितान्त प्राविधिक कुरा हुन तर वास्तविकता त्यही हो काली (महाकाली) नदी र मेची नदी वारिको भूभाग नै नेपाल हो। त्यही भूभाग नेपालले स्पष्ट पारेर नयाँ नक्सा जारी गरेको परराष्ट्र अधिकारीले पनि बताए। यद्यपी परराष्ट्रले भारतको प्रतिक्रियाबारे कुनै जवाफ दिएको छैन। यसमा निशानलाई परिवर्तन गर्ने विषय भन्दा पनि त्यहाँ नयाँ नक्सा राख्ने र अनुसूची थप्ने कार्य राम्रो हुने सुझाव पनि परराष्ट्रको रहेको छ। अन्नपुर्णपोष्ट दैनिक