३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद किरण साहको सांसद पद खारेजी र मत फिर्ताको माग गर्दै निर्वाचन आयोगमा निवेदन



अ+ अ-

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद किरण साहको सांसद पद खारेज गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । साथै सांसद साहलाई दिइएको मत समेत फिर्ता माग गरिएको छ ।

रौतहट राजपुर नगरपालिका–४ निवासी राजनकुमार साहले बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गराउदै यस्तो माग गरेका हुन् । सांसद साह रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । गत आमनिर्वाचनमा सांसद साह स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेका थिए ।

आम जनताले स्वतन्त्र जिताउ अभियान अन्तरगत आफ्नो अमुल्य मत दिइ बिजयी बनाएको तर सांसद साहले त्यसको ठिक उल्टो जसको विरोधमा प्रतिस्पर्धा गरेका थिए सोही दलमा प्रवेश गरेकाले आफूहरुले दिइएको मत फिर्ता गर्नुपर्ने र सांसद पद खारेज गर्नुपर्ने जिकिर निवेदक साहको रहेको छ ।

स्वतन्त्र उम्मेदवारको रुपमा बिजयी भएको केही समय पछि सांसद साह एमालेमा प्रवेश गरेका थिए । अहिले सांसद साह प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिका सभापति समेत रहेका छन् ।

‘रौतहट जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तरगत दलहरुको विरोधमा स्वतन्त्र प्रतिनिधिसभाको उम्मेदवार माननिय सांसद किरण साहलाई म लगायत क्षेत्र नं. २ का आम जनताले स्वतन्त्र जिताउ अभियान अन्तरगत आफ्नो अमूल्य मत दिइ बिजयी बनाएको तर उहाँले त्यसको ठिक उल्टो जसको विरोधमा प्रतिस्पर्धा गर्नुभएको थियो त्यसै दलमा पार्टी प्रवेश गरी हाम्रो मतको अवहेलना गरेको हुनाले हाम्रो मत फिर्ता गर्नमा आवश्यक समन्वय गरी उहाँको सांसद पद खारेजका लागि यो निवेदन पेश गरेको छु,’ निवेदक राजनकुमार साहले निर्वाचन आयोगमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।