१ भाद्र २०८३, सोमबार
,
Latest
पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरु संघीयतामा विश्वास गर्दैनन्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्टहरु संघीयतामा विश्वास नगर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई संविधान जारी गरेपछि पूरुा हुन्छन् भन्ने दिएका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधन आवश्यक परेको खण्डमा गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीहरु संघीयतामा, लोकतन्त्रमा विश्वास नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतालाई हामीले जुन वाचा गरेका छौँ । संविधान जारी गरेपछि समस्या समाधान गर्दछौँ । त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ । यो काम नेपाली काँग्रेसले मात्रै गर्दछ । किनभने कम्युनिष्टहरु त संघीयतामा, लोकतन्त्रमा विश्वास नै गर्दैनन् । उनीहरुको प्राथमिकतामा छँदै छैन । त्यसैले दुई तिहाई त पुग्ला, कसैले भन्नुभएको छ, दुई तिहाई पुग्दैन, २०८७ मा पुग्छ । पुग्ला ०८७ मा । हाम्रो संख्या पुग्दैन, त्यो कुरा छोडिदिऔँ । जुन प्रणालीलाई लिएर अघि बढेका छौँ, यो नै उत्तम प्रणाली हो भन्ने हामीलाई लागेको छ । यसलाई उन्नत बनाउन लागि रहनुपर्छ ।’

सांसद निधीले संघीयतालाई बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो ।