२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार बसेको विधायन व्यवस्थापन समितिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानको मर्मअनुसार कानून बनेको छ की छैन भनेर सांसदहरुले विचार विमर्श गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अब बन्ने कानून संविधानको मर्मअनुसार बन्नुपर्ने र अधिकारको महत्वलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल भएको हो ।

उहाँले भन्नुभयो, ‘संविधानको स्पिरिटअनुसार बनेको छ की छैन, हामीले तीन तहको सरकारको कल्पना गरेका छौँ । त्यसको अधिकारको बाँडफाँडको विषय के हो भन्नेकुरा महत्वका साथ उठेको छ । तीन तहको सरकारलाई सम्बोधन गर्नेगरी नै बाँडफाँड भएको छ । अनुसूचिमा पनि राखिएको छ । ओएनएम गरिएको छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले अधिकारी विकेन्द्रीकृत हुनेगरी कानून बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले कुनै पनि जलसम्बन्धी योजनाहरु निर्माण गर्न संघअन्तर्गतको आयोगमा आएर अनुमति लिइरहने कुराले विकासको काम अघि बढ्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जल उपयोगको सन्दर्भ जुन छ, विद्युत निर्माण, खानेपानी, सिंचाई सम्बन्धमा होस् । कुनैपनि योजना शुरु गर्नुअघि सहमति लिनुपर्छ भन्ने छ आयोगमा । जलश्रोतको बारेमा संविधान निर्माण गर्दा पनि धेरै बहस भएको हो । जलश्रोतको उपयोगको बारेमा त्यतिबेला पनि बहस भएको हो । ठूला सिंचाई संघमा, मझौला प्रदेशमा र साना स्थानीय तहमा दिने भन्ने गरी अधिकार सूचि बाँडफाँट गरियो । तर त्यो अनुसूचि अनुसार काम गर्न आयोगमा आएर सहमति लिनुपर्ने भयो । यो केन्द्रिकृत भयो । विकासलाई तिब्रता दिने हो विकेन्द्रीकृत हुनुपर्छ ।’

उहाँले केन्द्रिकृत अधिकारले विकासलाई तिब्रता दिन नसकिने बताउनु भयो ।