३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री रमेशनाथ पाण्डेद्वारा रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यवद्धता



अ+ अ-

काठमाडौँ । पूर्वपराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका छन् । पाण्डे रास्वपाको कार्यालय वनस्थली पुगेर रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।

लामिछानेको पक्षमा देशभरबाट २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको रास्वपाले जनाएको छ । पार्टी मुख्यालय वनस्थलीमा मात्रै उपस्थित भएर हस्ताक्षर गर्नेहरूको सङ्ख्या ३६ हजार ५१० रहेको छ ।

रास्वपाले पार्टी सभापति लामिछाने थुनामा पुग्नुलाई ‘राज्यले उनका विरुद्धमा प्रतिशोध साँधेको’ भन्दै आएको छ । त्यसैका विरुद्धमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको रास्वपाको भनाई छ ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामिछानेले गत असार ७ गते हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए । त्यसअनुरूप रास्वपाले हस्ताक्षर सङ्कलन अभियान जारी राखेको हो ।