२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’



अ+ अ-

काठमाडौं। अभिनेता अनमोल केसीले नेपाली चलचित्रको चर्चित सिरिज ‘ए मेरो हजुर’ को पाँचौं श्रृंखला ‘ए मेरो हजुर ५’ साइन गरेका छन्। सुहाना थापा इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका लागि अनमोलले सोमबार कागजी सम्झौता गरेका हुन्।

फिल्ममा अनमोलको जोडीका रूपमा अभिनेत्री सुहाना थापा पुनः देखिनेछिन्। यसअघि उनीहरू ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा पनि एकसाथ अभिनय गरिसकेका छन्। नयाँ श्रृंखलामा पनि उनीहरूको जोडीलाई निरन्तरता दिइने भएको हो।

चलचित्रका निर्माता सुनिलकुमार थापा हुनेछन् भने निर्देशनको जिम्मा सधैंझैं झरना थापाले सम्हाल्नेछिन्। अनमोलले अहिले आफ्नै होम प्रोडक्सनमा निर्माणाधीन फिल्म ‘बाटुलो जुन’ को छायांकन पूरा गरेपछि ‘ए मेरो हजुर ५’ को छायांकन सुरु गरिने जनाइएको छ।

फिल्ममा आबद्ध भएपछि अनमोलले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गरेका छन्। उनले लेखेका छन्। “जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर ५ मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ उपस्थित हुन लागेको खुसीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र हर्षित छु।”

अनमोलको यो पोस्टले प्रशंसकहरूमा उत्साह थपेको छ। लामो समयको विश्रामपछि उनी पुनः व्यस्त अभिनय यात्रामा फर्कंदै गर्दा ‘ए मेरो हजुर’ फ्रेन्चाइजका फ्यानहरू आगामी श्रृंखलाप्रति निकै आशावादी देखिएका छन्।