२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खान ‘ब्रेन एन्युरिज्म’ रोगबाट पीडित



अ+ अ-

काठमाडौं। लोकप्रिय भारतीय कमेडी कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजनको सुरुवात धमाकेदार ढंगमा भएको छ। उक्त शोको पहिलो एपिसोडमा बलिउडका चर्चित अभिनेता सलमान खान विशेष अतिथि बनेर सहभागी भएका थिए।

आफ्नो आउँदै गरेको फिल्म ‘सिकन्दर’ को प्रचारप्रसारका लागि शोमा आएका सलमानले कार्यक्रममा सहभागी हुँदै केही गम्भीर व्यक्तिगत स्वास्थ्य समस्याको खुलासा गरेका छन्।

कार्यक्रमका दौरान कमेडियन कपिल शर्मा र टोलीसँग कुराकानी गर्दै सलमान खानले आफू ‘ब्रेन एन्युरिज्म’ भन्ने गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेको बताएका छन्। साथै, उनले ट्राइजेमिनल न्यूराल्जिया, एभी (एर्टेरिओ–भेनस) विकृति, र छायांकनका क्रममा करङ भाँचिएको अनुभवसमेत बाँडे।

उनले भने, “हामी हरेक दिन हड्डी भाँचिरहेका छौं, करङ भाँचिएको छ, ट्राइजेमिनल न्यूराल्जियाले असर गरिरहेको छ। मस्तिष्कमा एन्युरिज्म छ, अझै काम गरिरहेको छु। एभी विकृति छ, अझै हिँडिरहेको छु। म एक्सन गर्छु, हिँड्न सक्दिन, अझै नाचिरहेको छु। मेरो जीवनमा यति धेरै कुरा हुँदैछन्, तर म अझै अघि बढिरहेको छु।”

उनको यस्तो खुलासापछि सामाजिक सञ्जालदेखि स्वास्थ्यसम्बन्धी वेबसाइटहरूमा ‘ब्रेन एन्युरिज्म’ के हो भन्नेबारे चासो बढेको छ। धेरै दर्शक र प्रशंसकहरूले यसबारे जानकारी खोज्न थालेका छन्।