९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खान ‘ब्रेन एन्युरिज्म’ रोगबाट पीडित



अ+ अ-

काठमाडौं। लोकप्रिय भारतीय कमेडी कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजनको सुरुवात धमाकेदार ढंगमा भएको छ। उक्त शोको पहिलो एपिसोडमा बलिउडका चर्चित अभिनेता सलमान खान विशेष अतिथि बनेर सहभागी भएका थिए।

आफ्नो आउँदै गरेको फिल्म ‘सिकन्दर’ को प्रचारप्रसारका लागि शोमा आएका सलमानले कार्यक्रममा सहभागी हुँदै केही गम्भीर व्यक्तिगत स्वास्थ्य समस्याको खुलासा गरेका छन्।

कार्यक्रमका दौरान कमेडियन कपिल शर्मा र टोलीसँग कुराकानी गर्दै सलमान खानले आफू ‘ब्रेन एन्युरिज्म’ भन्ने गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेको बताएका छन्। साथै, उनले ट्राइजेमिनल न्यूराल्जिया, एभी (एर्टेरिओ–भेनस) विकृति, र छायांकनका क्रममा करङ भाँचिएको अनुभवसमेत बाँडे।

उनले भने, “हामी हरेक दिन हड्डी भाँचिरहेका छौं, करङ भाँचिएको छ, ट्राइजेमिनल न्यूराल्जियाले असर गरिरहेको छ। मस्तिष्कमा एन्युरिज्म छ, अझै काम गरिरहेको छु। एभी विकृति छ, अझै हिँडिरहेको छु। म एक्सन गर्छु, हिँड्न सक्दिन, अझै नाचिरहेको छु। मेरो जीवनमा यति धेरै कुरा हुँदैछन्, तर म अझै अघि बढिरहेको छु।”

उनको यस्तो खुलासापछि सामाजिक सञ्जालदेखि स्वास्थ्यसम्बन्धी वेबसाइटहरूमा ‘ब्रेन एन्युरिज्म’ के हो भन्नेबारे चासो बढेको छ। धेरै दर्शक र प्रशंसकहरूले यसबारे जानकारी खोज्न थालेका छन्।