काठमाडौं । ईन्डियन प्रीमियर लिग (आइपीएल) २०२५ को फाइनल खेल रोयल च्यलेन्जर्स बैङ्ग्लोर र पन्जाब किङ्सबीच फाइनल खेल जारी छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भइरहेको खेलमा बैङ्ग्लोरले पन्जाबलाई १९१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको बैङ्ग्लोरले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन जोड्यो । उसका लागि बिराट कोहलीले ४३, रजत पाटिदारले २६, लियाम लिभिङ्स्टोनले २५, जितेश शर्मा र मयंक अग्रवालले २४/२४ रनको योगदान दिए भने रोमारियो शेफर्डले १७ तथा फिल साल्टले १६ रन जोडे ।
बलिङतर्फ पन्जाबका अर्षदीप सिंह र काइल जेमिनसनले ३-३ विकेट लिए भने अजमुतल्लाह ओमारजाइ, विजय कुमार र युजवेन्द्र चहलले १-१ विकेट लिए ।
दुबै टोलि पहिलो पटक उपाधि जित्ने दाउमा छन् ।










