२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल उपाधि जित्न पन्जाबलाई १९१ रनको लक्ष्य



Virat Kohli of Royal Challengers Bengaluru and Mayank Agarwal of Royal Challengers Bengaluru during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025 Photo by: s Saikat Das / Sportzpics for IPL
अ+ अ-

काठमाडौं । ईन्डियन प्रीमियर लिग (आइपीएल) २०२५ को फाइनल खेल रोयल च्यलेन्जर्स बैङ्ग्लोर र पन्जाब किङ्सबीच फाइनल खेल जारी छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भइरहेको खेलमा बैङ्ग्लोरले पन्जाबलाई १९१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको बैङ्ग्लोरले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन जोड्यो । उसका लागि बिराट कोहलीले ४३, रजत पाटिदारले २६, लियाम लिभिङ्स्टोनले २५, जितेश शर्मा र मयंक अग्रवालले २४/२४ रनको योगदान दिए भने रोमारियो शेफर्डले १७ तथा फिल साल्टले १६ रन जोडे ।

बलिङतर्फ पन्जाबका अर्षदीप सिंह र काइल जेमिनसनले ३-३ विकेट लिए भने अजमुतल्लाह ओमारजाइ, विजय कुमार र युजवेन्द्र चहलले १-१ विकेट लिए ।

दुबै टोलि पहिलो पटक उपाधि जित्ने दाउमा छन् ।




भर्खरै