३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार

चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार
अ+ अ-

बेइजिङ। चीनको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी) र रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन् ।

सम्झौताको अधिकतम सीमा बढाएर २२० अर्ब युआन (करिब ४६ अर्ब अष्ट्रेलियाली डलर) पु¥याइएको पीबीओसीले बुधबार जनाएको छ ।

यसअघि सम्झौताको अधिकतम सीमा २०० अर्ब युआन (करिब ४१ अर्ब अष्ट्रेलियाली डलर) थियो । दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने पीबीओसीले जनाएको छ ।

पीबीओसीका अनुसार सम्झौताको नवीकरण र सीमा विस्तारले चीन र अष्ट्रेलियाबीच मौद्रिक तथा वित्तीय सहयोग थप सुदृढ गर्नुका साथै द्विपक्षीय व्यापार तथा लगानीलाई सहजीकरण गर्न र वित्तीय बजारको स्थिरता कायम गर्न सहयोग पुग्नेछ ।

आरबीएका अनुसार, सम्झौताअन्तर्गत दुवैमध्ये कुनै पनि केन्द्रीय बैङ्कले आवश्यकताअनुसार व्यवस्था कार्यान्वयनमा ल्याउन सक्नेछन् । यस क्रममा दुवै बैङ्कले तोकिएको सीमाभित्र स्थानीय मुद्राको विनिमय गर्न सक्नेछन् ।

चीन र अष्ट्रेलियाबीच सन् २०१२मा पहिलोपटक यस्तो मुद्रा विनिमय व्यवस्था स्थापना भएको थियो । त्यसयता नियमित रूपमा नवीकरण हुँदै आएको सम्झौता पछिल्लोपटक सन् २०२१ को जुलाईमा थप पाँच वर्षका लागि नवीकरण गरिएको थियो ।

आरबीएका अनुसार, यस्ता मुद्रा विनिमय सम्झौताले विशेषगरी वित्तीय बजारमा दबाब वा अस्थिरता देखिएका बेला केन्द्रीय बैङ्कलाई स्थानीय मुद्रामा व्यापारिक भुक्तानी व्यवस्थापन गर्न सहयोग पु¥याउँछन् ।

चीन र अष्ट्रेलियाबीचको व्यापारिक सम्बन्ध पनि पछिल्ला वर्षमा विस्तार हुँदै गएको छ । चीनको भन्सार प्रशासनका अनुसार सन् २०२६ को पहिलो छ महिनामा दुई देशबीचको वस्तु व्यापार १३१ दशमलव पाँच अर्ब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव नौ प्रतिशत बढी हो । यस अवधिमा अष्ट्रेलियाबाट चीनतर्फको आयात ४५ प्रतिशत बढेर ८९ दशमलव छ अर्ब अमेरिकी डलर पुगेको छ ।

चीन–अष्ट्रेलिया स्वतन्त्र व्यापार सम्झौता सन् २०१५को डिसेम्बरदेखि कार्यान्वयनमा छ । सन् २०२५ को जुलाईमा दुवै देशले उक्त सम्झौतामा रहेको समीक्षा संयन्त्र सक्रिय गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।  (रासस/सिन्ह्वा)