काठमाडौं: अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय भएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले महासभामा नेपालको सहभागिताका लागि परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।
नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो। त्यसयता नेपालले संयुक्त राष्ट्रसंघको महासभामा नियमित रूपमा सहभागिता जनाउँदै आएको छ।











