३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता

‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’

‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
अ+ अ-

ललितपुर, ३ भदौः राष्ट्रिय मानवअधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

चीन मानवअधिकार अध्ययन समाज, राष्ट्रिय मानवअधिकार आयोग नेपाल र त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको ‘सिजाङ प्यानोरमाः नयाँ युग नयाँ विकास’ शीर्षकको अन्तर्राष्ट्रिय कथा–साझेदारी कार्यक्रममा अध्यक्ष मगरले राष्ट्रिय मानवअधिकार आयोगको भूमिका र आयोगले गरिरहेका कामका बारेमा जानकारी गराउँदै मानवअधिकारका विश्वव्यापी मूल्य, मान्यता र सिद्धान्तलाई लागू गर्दै तिनको कार्यान्वयनमा नेपाल र चीनबीच अनुभव आदानप्रदान, समन्वय तथा सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

“नागरिक समाजसँग मिलेर जनतामा सचेतना कायम गर्ने कार्यमा ध्यान दिइरहेका छौँ, सरकारलाई मानवअधिकारबारे कानुनी सुधारका लागि सिफारिस गर्ने कामलाई आयोगले निरन्तरता दिँदै आएको छ, राउटे समुदाय, सीमान्तकृत समुदायको मानवअधिकारका बारेमा प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउनुका साथै कार्यान्वयन गर्न सुझाव दिएका छौँ”, अध्यक्ष मगरले भन्नुभयो ।

विदेश जाने श्रमिकको मानवअधिकार संरक्षण र संवद्र्धनमा जोड दिएको उल्लेख गर्दै अध्यक्ष मगरले जलवायु न्यायको विषयलाई पनि मानवअधिकार रक्षाका दृष्टिकोणले हेर्दै काम गरिरहेको बताउनुभयो । उहाँले अब विकास र सूचना प्रविधिलाई पनि मानवअधिकारसँग जोडेर हेर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । अध्यक्ष मगरले चीन मानवअधिकार अध्ययन समाजसँग मिलेर काम गर्ने अवसर आएकामा खुसी व्यक्त गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चीनको विकासका साथसाथै समृद्ध र सशक्त नेपालका लागि कसरी क्रियाशील हुन सक्छौँ भन्ने विषयमा ध्यान दिन आवश्यक भएको बताउनुभयो । उहाँले नेपाल चीनबीचको सम्बन्धको बहुआयाम, विकास र सूचना प्रविधिको क्षेत्र चीनले हासिल गरेको उपलब्धि तथा मानवअधिकार संरक्षण र प्रवद्र्धनका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जाल नेपालको सूचना प्रवाहको मुख्य माध्यम भएको भन्दै सही सूचनाको अभावले समस्या भइरहेको, गलत सूचनाको कारण मानवअधिकारको हनन् भइरहेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले मानवअधिकार विश्वव्यापी चासो र सरोकारको विषय भएको उल्लेख गर्दै यो नेपाल र चीनबीचको चासो तथा सरोकारको विषय मात्रै नभएको धारणा राख्नुभयो । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्यले सिजाङको विकास, उपलब्धि र प्रविधिबारे चर्चा गर्नुभयो ।

हास्य कलाकार बुद्धि तामाङले चीनको सिजाङले प्राकृतिक सुन्दरतालाई कायम राख्दै संस्कार, संस्कृति र विकासलाई निरन्तरता दिएको उल्लेख गर्दै नेपालले पनि यस्तो अभ्यासलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभयो । मानवअधिकार सम्बन्धी दृष्टिकोण र अनुभवको आदानप्रदानलाई सहज बनाउने, पारस्परिक समझदारीलाई प्रवद्र्धन गर्ने तथा नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा नेपालका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियोे ।रासस