काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक दीर्घ रावल नियुक्त हुनु भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गरेको स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघि सरकारले किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो ।











