५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तिमी मेरो प्राण हौ’ गीतमार्फत प्रेम र संस्कृतिको समिश्रण



अ+ अ-

काठमाडौँ।  एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ” तिमि मेरो प्राण हौ ” सार्वजनिक भएको छ ।

कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ ।

रन्जन राई तथा अनु चौधरीको युगल गायन रहेको उक्त गीतमा संगीत सौगात जंग थापाको रहेको छ भने शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचीव समेत रहनु भएका प्रभावशाली व्यक्तित्व हेम राज तामाङको रहेको छ ।

भिडियो गीतकार स्वयंम हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय मोडल / कलाकार सनम कठायत र पुनम श्रेष्ठलाई प्रेमभावमा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन , विकास दाहालको सम्पादनमा भिडियो निर्माण गरिएको छ ।

गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका सुन्दर प्रकृति, मौलिक संस्कृती तथा सामाजिक जनजिवनको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत टेवा पुग्ने गरि सहयोग गर्ने उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिनुभएको छ ।