९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाश र सालिनाको अभिनयमा सजिएको ‘मुटु मै लेखे’ दर्शकमाझ



अ+ अ-

काठमाडौँ। चर्चित गायिका शान्ति श्री परिवार र गायक हेमराज थापा बाबुराजाको स्वरमा रहेको लोक दोहोरी डान्सिङ गीत “मुटु मै लेखे” को भिडियो सार्वजनिक भएको छ।

देव बोहरा र गायक हेमराज थापा (बाबुराज) संयुक्त शब्द रहेको गीतमा गायक  हेमराज थापाले नै संगीत भरेका छन्। उक्त गीतलाई पुस्कर खत्रीले एरेञ्ज गरेका छन्।  भिडियोमा चर्चित मोडल कैलाश कठायत र सालिना खत्रीले अभिनय गरेका छन्।

यो गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास लिइएको मोडल कैलाश कठायतले बताएका छन्। उनले भने ‘मन छुने शब्द, सुमधुर संगीत र रमाइलो नृत्य समेटिएको  यो गीतलाई दर्शकको मन मुटुमा बस्ने बिश्वास गरेको समेत बताएका छन्।

लोक संस्कृतिको झल्को दिने यस प्रकारका गीतहरूले नेपाली मौलिकता र पहिचानलाई समेट्दै अघि बढिरहेको पाइन्छ। दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन्।  उक्त भिडियोलाई राज़ आलेले कोरियोग्राफी गरेका हुन् । उक्त भिडियोलाई शेर साउदले निर्देशन गरेका छन् ।

भिडियो: