९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक



अ+ अ-

काठमाडौँ।  गायक दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ । घरपरिवार तथा गाउँघरको माया तथा परदेशी जीवनको कथा समेटिएको गीतमा बी पाण्डेको शब्द, बिपी वाग्लेको सङ्गीत र भद्र ओलीको एरेञ्ज रहेको छ ।

एकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतमा चन्द्र चौधरीले मिक्सिङ गर्नुभएको छ । पार्वती चापागाईंको निर्देशन र शीतल वाग्लेको सह–निर्देशन रहेको गीतको भिडियोमा मदन सिलवाल, राजा राजपुत, सुरज खाती, दीपकराज कालीराजको अभिनय छ ।

भिडियोको छायाङ्कन धर्म मानन्धर र सम्पादन निराजनसिंह ठकुरीले गर्नुभएको छ । गीत मिसन इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।