• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन

भारतमा थप दुई लाख ६४ हजारभन्दा बढी कोरोना सङ्क्रमित



नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ । 

सोही अवधिमा थप ३१५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । 

हाल यहाँ पाँच हजार ७५३ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या बाह्र लाख ७२ हजार ७३ रहेका छन् । गएको २४ घण्टामा मात्र एक लाख ५४ हजार ५४२ जना सक्रिय सङ्क्रमित थपिएका छन् ।

भारतमा एक लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ । 

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।