३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए

‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए
अ+ अ-

काठमाडाैँ । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको वास्तविक अवस्था तथा आवागमनबारे जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ ।

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बुधबार बसेको तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गर्नुभएको हो ।

एपमार्फत जीपीएस जडान गरिएका सार्वजनिक सवारीसाधनको वास्तविक स्थान तथा यात्रुले पर्खिरहेको स्थानमा सवारी पुग्न लाग्ने समयबारे जानकारी लिन सकिनेछ । हालसम्म एपमा १ हजार २ सय सार्वजनिक सवारीसाधन जोडिएका छन् ।

एप सार्वजनिक गर्दै कार्यवाहक प्रमुख डंगोलले उपत्यकाको सार्वजनिक यातायात सुधार कुनै एक स्थानीय तहले मात्र गर्न नसक्ने बताउनुभयो । काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुरलगायतका स्थानीय तह एकअर्कासँग जोडिएकाले यातायात क्षेत्रको समस्या समाधानका लागि साझा पहल र वित्तीय साझेदारी आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले उपत्यकामा रहेका ३ हजारभन्दा बढी सार्वजनिक सवारीसाधनलाई क्रमशः एपमा जोड्दै लैजानुपर्ने बताउनुभयो । प्रहरीसँग रहेको सार्वजनिक सवारीसम्बन्धी तथ्यांकलाई समेत एपमा एकीकृत गर्न पहल गरिने उहाँले जानकारी दिनुभयो ।

बैठकमा डंगोलले रात्री बस सेवा प्रभावकारी बन्दै गएको पनि बताउनुभयो । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बूढानीलकण्ठ नगरपालिकालाई समेटेर वैशाख १ गतेदेखि पाइलटका रूपमा रात्री बस सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार रात्री बस सेवाबाट हरेक महिना २२ हजारदेखि २५ हजारसम्म यात्रुले सेवा लिइरहेका छन् । जेठ महिनामा मात्रै २८ हजार यात्रुले रात्री बस सेवा प्रयोग गरेका थिए ।

रात्री बस सेवा विशेषगरी श्रमिक वर्गका लागि आवश्यक देखिएको डंगोलको भनाइ छ । राति ८ बजेपछि सार्वजनिक सवारीको उपलब्धता घट्ने तर कतिपय श्रमिकको काम ९ बजेसम्म हुने भएकाले उनीहरूलाई लक्षित गरी रात्री बसका रुट थप विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

रात्री बसको रुट विस्तारका लागि साझा यातायातसँग छलफल भइरहेको जानकारी दिँदै उहाँले विद्यार्थीलाई लक्षित गरी बिहानको समयमा समेत थप छिटो सार्वजनिक सवारी सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । त्यसका लागि साझा यातायातसँगै अन्य यातायात व्यवसायी तथा सेवा प्रदायकसँग पनि सहकार्य गरिने उहाँको भनाइ छ ।

परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस प्रयोग गर्दा सहजता महसुस गर्ने गरी यातायात प्रणाली सुधार गर्नुपर्ने बताउनुभयो ।

बैठकले चालु आर्थिक वर्षका लागि बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण गर्ने निर्णय गरेको छ । त्यस्तै, रात्रि बस सञ्चालनका शर्त तथा सम्झौताको मोडल तयार गरी नगरपालिकासँग सहकार्य अघि बढाउने निर्णय गरिएको छ ।

स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप तथा बसपार्कमा जीपीएस ट्रयाकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने कार्यक्रमसमेत बैठकले स्वीकृत गरेको छ । नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने निर्णय पनि गरिएको छ ।

यात्रुले टिकट लिने संस्कारलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्ने तथा सार्वजनिक यातायातसम्बन्धी अध्ययन र अनुसन्धानका कार्यक्रम अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ ।