२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते



अ+ अ-

टर्की। टर्कीको मध्य भागमा पर्ने सिभास प्रान्तमा मंगलवार एउटा यात्रुवाहक मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

सिभास प्रान्तको सुसेहरी जिल्लास्थित डी–८६५ राजमार्गमा उक्त दुर्घटना भएको हो । सिभास गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, सिभासबाट सुसेहरीतर्फ जाँदै गरेको मिनीबस दिउँसो करिव १२ः३० बजे एल्मासेकी–चोकराक गाउँ क्षेत्रमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटनाग्रस्त भएको थियो ।

अनियन्त्रित भएको बस सडकको छेउमा रहेका ब्यारियरमा ठोक्किएर भीरबाट तल खसेको टर्किस सञ्चारमाध्यम हाबेर टर्कले जनाएको छ । दुर्घटनाका समयमा सवारी साधनमा कुल १४ जना सवार थिए । मृत्यु हुने चार जनाबाहेक घाइते १० मध्ये चार जनाको अवस्था गम्भीर रहेको र अन्य ६ जना सामान्य घाइते भएको बताइएको छ ।

घटनास्थलमा तत्कालै चिकित्साकर्मी, प्रहरी, जेंडरमेरी (प्रहरीको एक इकाइ), दमकल र विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका टोलीहरू परिचालन गरिएको थियो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सिभास प्रान्तका नजिकैका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पठाइएको छ ।

स्थानीय प्रशासनले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान शुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल