३ भाद्र २०८३, बुधबार
,
Latest
‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप दुई लाख ६४ हजारभन्दा बढी कोरोना सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ । 

सोही अवधिमा थप ३१५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । 

हाल यहाँ पाँच हजार ७५३ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या बाह्र लाख ७२ हजार ७३ रहेका छन् । गएको २४ घण्टामा मात्र एक लाख ५४ हजार ५४२ जना सक्रिय सङ्क्रमित थपिएका छन् ।

भारतमा एक लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ । 

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।