३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक बैठक लम्बिएपछि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेन ।

दिउँसो १ बजेका लागि तय भएको बैठकअघि रास्वपा सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल गरेका थिए । बिहान ११ बजेदेखि सुरु भएको छलफल लामो समयसम्म जारी रहेपछि रास्वपाका सांसदहरू संसद् बैठकमा उपस्थित हुन ढिलाइ भएको हो ।

रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक छलफल चलिरहेका कारण प्रतिनिधिसभाको बैठक केही समय सार्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका थिए । रास्वपाका सांसदहरू नै बैठकमा व्यस्त रहेकाले निर्धारित समयमै सदनको कारबाही अघि बढ्न नसकेको बताइएको छ ।

लामिछानेले बोलाएको बैठकलाई रास्वपाभित्र महत्वपूर्ण रूपमा हेरिएको छ । पार्टीका मन्त्री तथा सांसदहरूसँगको छलफलमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिबारे छलफल भइरहेको बताइएको छ ।

रास्वपाको आन्तरिक बैठक सकिएपछि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ ।