४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा

सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा
अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनुवाइको प्रक्रियालाई तीव्रता दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले उजुरी फछ्र्यौटसँगै सरकारी कार्यालयको अनुगमन र कर्मचारीमाथिको कारबाहीलाई समेत व्यापक बनाएको हो ।

केन्द्रको तथ्यांकअनुसार गत चैतदेखि साउनसम्म एक हजार २९८ वटा उजुरी दर्ता भएकामा एक हजार ११४ वटा अर्थात् ८५ दशमलव ८२ प्रतिशत उजुरी फछ्र्यौट भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ७२ प्रतिशत विन्दुले बढी हो ।

अघिल्लो वर्ष अर्थात् विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ वटा उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४ दशमलव १० प्रतिशत उजुरी फछ्र्यौट भएका थिए ।

यसैगरी, सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न सतर्कता केन्द्रले सरकारी कार्यालयको अनुगमनलाई समेत तीव्र बनाएको छ । विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ३१८ वटा सरकारी कार्यालयको अनुगमन गर्दा आचारसंहिता तथा समय पालना नगर्ने दुई हजार २१३ जना र तोकिएको पोशाक नलगाउने ५६२ जना गरी दुई हजार ७७५ जना कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको थियो ।

त्यसको तुलनामा गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यालयको संख्या झन्डै तीन गुणाले बढाएर ९२४ पुर्‍याइएको छ । अनुगमनका क्रममा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना र आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी कुल ११ हजार चार जना कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको केन्द्रले जनाएको छ ।

केन्द्रले अनुशासन उल्लंघन गर्ने सबै कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन केन्द्रले अनुगमन तथा उजुरी सुनुवाइलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ । सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा कसैको सम्पत्ति शंकास्पद रहेको सूचना राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरी जानकारी गराउन सकिने व्यवस्था गरिएको छ ।