४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट

‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र युवा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनका नाममा राज्यकोषको दुरुपयोग भइरहेको आरोप लगाउनुभएको छ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकारले विगतका उपलब्धिको अवमूल्यन गरेको, प्रशासनिक अराजकता सिर्जना गरेको र राज्यकोषमाथि अनावश्यक भार थपेको आरोप लगाउनुभयो। सूचना प्रविधि र नयाँ राजनीतिक संस्कारको नारा दिएर सत्तामा आएका राजनीतिक शक्ति र युवा मन्त्रीहरूले नै खरिद प्रक्रियामा अनियमितता गरेको उहाँको दाबी थियो।

विष्टले भेरी लिफ्ट खानेपानी आयोजना लगायतका विकास निर्माणका काममा भइरहेको राजनीतिक हस्तक्षेप तथा ठेक्का रद्द गर्ने निर्णयको तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो। सूचना प्रविधिको कुरा गर्ने सरकारले ठेक्का प्रक्रिया रद्द गरेर ‘हार्ड कपी’ पेस गर्न लगाउनु पारदर्शी कार्यशैली हुन नसक्ने उहाँको भनाइ थियो।

विगत ३५ वर्षमा मुलुकमा केही पनि नभएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै उहाँले विद्युत् उत्पादन क्षमता ६ सय मेगावाटबाट ४ हजार २ सय मेगावाट पुग्नु तथा सडक सञ्जाल विस्तार हुनु विगतका उपलब्धि भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “३५ वर्षको इतिहास थाहा नभएका र लोकतन्त्रका लागि रगत नबगाएकाहरूले आज त्यही स्वतन्त्रताको उपयोग गरेर इतिहासलाई गाली गरिरहेका छन्।”

सांसद विष्टले मन्त्रीहरूले हेलिकप्टर चार्टर गरेर हिँड्ने तथा स्वकीय सचिवहरूले स्काई भ्यान बुक गरेर यात्रा गर्ने प्रवृत्तिले सरकारको नयाँपन नदेखाउने टिप्पणी गर्नुभयो।

उहाँले कर्मचारी प्रशासनमा सरकारले ‘आतङ्क’ सिर्जना गरेको आरोपसमेत लगाउनुभयो। ऐन तथा नियमविपरीत अवकाशको तयारीमा रहेका अनुभवी सहसचिवहरूलाई मन्त्रालयमै थुनेर राख्ने र सचिवालयमार्फत शासन सञ्चालन गर्न खोज्ने प्रवृत्तिले लोकतन्त्र र प्रशासनिक प्रणालीलाई कमजोर बनाउने उहाँको तर्क थियो।

विष्टले विगतमा उपसचिव तहका सीमित स्वकीय सचिव रहने परम्परा रहे पनि अहिले मन्त्रीसरह सुविधा दिने गरी सल्लाहकार तथा सहयोगीहरूको भीड जम्मा गरिएको भन्दै सरकारको आलोचना गर्नुभयो।

सरकारले सुशासनको दाबी गरे पनि व्यवहारमा राज्यकोषको चरम दुरुपयोग भइरहेको उहाँले बताउनुभयो। जनताले अझै ग्यास, पासपोर्ट तथा दैनिक उपभोग्य वस्तुका लागि लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सामाजिक सञ्जालमा गाली गरेर र गलत भाष्य निर्माण गरेर मात्रै मुलुक सञ्चालन हुन नसक्ने उहाँको भनाइ थियो।

सांसद विष्टले सरकारलाई विगतको इतिहास र उपलब्धिको अध्ययन गर्दै संयमित, जिम्मेवार र पारदर्शी ढंगले अघि बढ्न सुझाव दिनुभयो।