४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण

राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
अ+ अ-

 

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले मुलुकका समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा सांसदहरूले सुदूरपश्चिमको विकासमा भएको ढिलाइ, सार्वजनिक बिदाको व्यवस्थापन, होल्डिङ सेन्टरको अवस्था, जनस्वास्थ्य, महँगी तथा धार्मिक स्वतन्त्रतासहितका विषय उठाएका हुन् ।

सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको विकासमा केन्द्र सरकारले उपेक्षा गरेको आरोप लगाउनुभयो । सेती, कर्णाली र महाकालीजस्ता ठूला जलविद्युत आयोजना अलपत्र परेको उल्लेख गर्दै उहाँले प्रदेशको विकास गति अत्यन्तै सुस्त रहेको बताउनुभयो । रोजगारीको अभावमा सुदूरपश्चिमका नागरिक भारतमा न्यूनस्तरको श्रम गर्न बाध्य भएको भन्दै उहाँले सडक, अस्पताल, सिँचाइ र मलको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद भूवनबहादुर सुनारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था अव्यावहारिक भएको भन्दै तत्काल खारेज गर्न माग गर्नुभयो । दुईदिने बिदाका कारण अस्पताल र विद्यालयजस्ता संवेदनशील क्षेत्र प्रभावित भएको उहाँको भनाइ थियो । उहाँले अदालतमा दसैँका अवसरमा दिइने १५ दिने बिदालाई घटाएर ६ दिनमा सीमित गर्नसमेत आग्रह गर्नुभयो ।

सांसद मदनकुमारी शाहले होल्डिङ सेन्टरमा रहेका विस्थापितहरूको अवस्था दयनीय रहेको बताउनुभयो । सरकारको अदूरदर्शी निर्णयका कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको दाबी गर्दै उहाँले पछिल्लो समय दुई जनाले आत्महत्या गरेको घटनासमेत उल्लेख गर्नुभयो । गरिब तथा भूमिहीनका लागि स्थायी बसोबासको व्यवस्था गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पाको रामपुरमा वर्षाका कारण भएको क्षति तथा वागमती किनारमा बसोबास गरिरहेका सुकुम्बासीको असुरक्षाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सुरक्षित स्थानका रूपमा राखिएका होल्डिङ सेन्टरमै मानिसको मृत्यु हुनु दुःखद भएको भन्दै उहाँले घटनाबारे सरकारसँग जवाफ माग गर्नुभयो ।

सांसद युवराज शर्माले मुलुकमा क्षयरोग, जापानीज इन्सेफ्लाइटिस र स्क्रब टाइफसजस्ता रोगको प्रकोप बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । जाजरकोटका पहिरोपीडित त्रिपालमुनि बिरामी परिरहेको अवस्थामा मन्त्री तथा सांसदहरू जिम्मेवार नदेखिएको उहाँको आरोप थियो । बजारमा बढ्दो महँगी र अभाव नियन्त्रणका लागि प्रभावकारी अनुगमन हुन नसकेको भन्दै उहाँले विद्युत् व्यापारमा भइरहेको घाटा न्यूनीकरणका लागि प्रभावकारी नीति ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।

यसैगरी, सांसद सुरेशकुमार आले मगरले धर्मलाई व्यक्तिगत स्वतन्त्रताको विषयका रूपमा परिभाषित गर्दै राज्य धर्मनिरपेक्ष हुनुपर्ने धारणा राख्नुभयो । लोकतान्त्रिक व्यवस्थामा राज्यको कुनै निश्चित धर्म नहुने तर्क गर्दै उहाँले धार्मिक स्वतन्त्रतालाई व्यक्तिगत मामिलाका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।