२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

तनहुँमा २६ हजार भूमिहीनको लगत संकलन

तनहुँमा २६ हजार भूमिहीनको लगत संकलन
अ अ+ अ-

तनहुँ। भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत संकलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत संकलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ ।

आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने कार्य सकिएको जानकारी दिए । त्यस्तै छ हजार सात सय ७३ कित्तामा नाप नक्सा भइसकेको उनले बताए । उनका अनुसार छ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ ।

त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको सदस्य सचिव सिंहले बताए। आयोगले विगतमा गरेका कामलाई नै वर्तमान आयोगले निरन्तरता दिने सिंहको भनाइ छ । उनले भने, “विगतको आयोगले जहाँसम्म काम सम्पन्न गरेको छ, अहिले गठन भएको आयोगले त्यहीँबाट काम सुरु गर्नेछ ।”

व्यास नगरपालिकामा सात हजार ४३, भानु नगरपालिकामा तीन हजार तीन सय १७, शुक्लागण्डकी नगरपालिकामा चार हजार चार सय तीन, देवघाट गाउँपालिकामा दुई हजार तीन सय ४४, भीमाद नगरपालिकामा एक हजार आठ सय ६१, ऋषिङ गाउँपालिकामा एक हजार चार सय ३९, घिरिङ गाउँपालिकामा एक हजार पाँच सय २०, म्याग्दे गाउँपालिकामा एक हजार दुई सय ६७, आँबुखैरेनी गाउँपालिकामा आठ सय ९३ र बन्दीपुर गाउँपालिकामा दुई हजार ३० भूमिहीनको लगत संकलन भएको छ ।

सदस्य सचिव सिंहका अनुसार व्यासमा चार सय नौ भूमिहीन दलित, चार सय ८३ भूमिहीन सुकुम्वासी, छ हजार एक सय ५१ अव्यवस्थित बसोबासी, भानुमा चार सय पाँच भूमिहीन सुकुम्वासी, दुई हजार नौ सय १२ अव्यवस्थित बसोबासी, शुक्लागण्डकीकमा दुई सय ८७ भूमिहीन दलित, दुई सय ८७ भूमिहीन सुकुम्वासी, तीन हजार आठ सय २९ अव्यवस्थित बसोबासी, देवघाटमा एक सय २३ भूमिहीन दलित, ७८ भूमिहीन सुकुम्वासी र दुई हजार एक सय ४३ अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ ।

त्यस्तै भीमादमा १९ भूमिहीन दलित, १५ भूमिहीन सुकुम्वासी, एक हजार आठ सय २७ अव्यवस्थित बसोबासी, ऋषिङमा २२ भूमिहीन दलित, एक सय २७ भूमिहीन सुकुम्वासी, एक हजार दुई सय ९० अव्यवस्थित बसोबासी, घिरिङमा ६३ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्वासी, एक हजार चार सय दुई अव्यवस्थित बसोबासी, म्याग्देमा ७८ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्वासी, एक हजार एक सय २४ अव्यवस्थित बसोबासी, आँबुखैरेनीमा १८ भूमिहीन दलित, ९० भूमिहीन सुकुम्वासी, सात सय ८५ अव्यवस्थित बसोबासी र बन्दीपुरमा ८९ भूमिहीन दलित, दुई सय ६७ भूमिहीन सुकुम्वासी र एक हजार छ सय ७४ अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ ।

आयोगका सदस्य सचिव सिंहका अनुसार शुक्लागण्डकीमा दुई हजार आठ सय ४१, देवघाटमा दुई हजार तीन सय ६२, आँबुखैरेनीमा एक हजार पाँच सय २९ कित्ताको नाप नक्सा भइसकेको छ । त्यस्तै शुक्लागण्डकीको वडा नम्बर २, ७ र ८ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजन भइरहेको छ भने देवघाटको वडा नम्बर ५ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजनको काम भइरहेको छ । यस्तै आँबुखैरेनीको पनि सबै वडाको नाप नक्सा सम्पन्न भएको छ ।

आयोगका नवनियुक्त अध्यक्ष गोविन्द सिलवालले जुनसुकै पार्टीबाट आयोगमा प्रतिनिधित्व भए पनि आफूहरूको मुख्य काम भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने रहेको बताए । उनले भने, “आयोगले राजनीतिक पूर्वाग्रह नराखी काम गर्नेछ, भूमिहीनको समस्या समाधानका लागि एकढिक्का भएर काम गर्नेछौँ । रासस