२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासद्वारा शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक, छैटौँपटक पनि परेनन् विपिन



अ+ अ-

काठमाडौँ।  इजरायलले गाजामा भएको युद्धविराम भंग गर्ने चेतावनी दिएपछि हमासले शनिबार रिहा गर्ने तीन जना बन्धकको नाम शुक्रबार सार्वजनिक गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार रिहा हुने तीन बन्धकमा इजरायली-रुसी साशा ट्रुपानोभ, इजरायली-अमेरिकी सागुई डेकेल-चेन र इजरायली-अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ। रिहा हुने सूचीमा नेपाली विद्यार्थी विपिन जोशी भने यसपटक पनि अटाएनन् ।

प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो । असअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाइ रोक्ने बताएको थियो ।

जनवरी १९ देखि युद्धविराम लागू भएयता हमासले तीनपटक गरेर अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेको छ भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी रिहा गरेको छ।

इजरायलका सञ्चारमाध्यमका अनुसार हमास समूहको नियन्त्रणमा २५१ जना रहेकोमा ३४ जनाको मृत्यु भइसकेको छ। तर विपिन जोशी जीवितै रहेको इजरायली अधिकारीले बताइरहेका छन्।