२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

गर्भवती महिलाका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा

गर्भवती महिलाका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा
अ अ+ अ-

सिरहा। सिरहाको गोलबजार नगरपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउंण्ड’ सेवा बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सेवा उद्घाटन गर्दै नगरपालिकाले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो सुविधा उपलब्ध गराएको बताए ।

गाउँमै स्वास्थ्य सुविधा सहज बनाउन नगरपालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । त्यसैअन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको हो”, नगरप्रमुख श्रेष्ठले भने अब गर्भवती महिलालाई अल्ट्रासाउन्ड गर्न टाढा जानु पर्दैन ।” यो सेवाले मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरेको छन् ।

गर्भावस्थामा उचित जाँचको अभावमा आमा र शिशुको मृत्यु दर बढ्ने हुनाले त्यसलाई न्यूनीकरण गर्न यस सेवाले सहयोग पुग्ने गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले बताए । ग्रामीण भेगका महिलालाई यसबाट प्रत्यक्ष लाभ पुग्ने उनले विश्वास व्यक्त गरेको छ ।

नगर उपप्रमुख मान्ती देवी साहले यो सेवा सञ्चालनसँगै यस भेगका महिला अल्ट्रासाउन्ड गर्न मिर्चैया, लहान र सिरहा सदरमुकामसम्म जानुपर्ने बाध्यता हटेको बताए।