२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती महिलाका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा



अ+ अ-

सिरहा। सिरहाको गोलबजार नगरपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउंण्ड’ सेवा बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सेवा उद्घाटन गर्दै नगरपालिकाले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो सुविधा उपलब्ध गराएको बताए ।

गाउँमै स्वास्थ्य सुविधा सहज बनाउन नगरपालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । त्यसैअन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको हो”, नगरप्रमुख श्रेष्ठले भने अब गर्भवती महिलालाई अल्ट्रासाउन्ड गर्न टाढा जानु पर्दैन ।” यो सेवाले मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरेको छन् ।

गर्भावस्थामा उचित जाँचको अभावमा आमा र शिशुको मृत्यु दर बढ्ने हुनाले त्यसलाई न्यूनीकरण गर्न यस सेवाले सहयोग पुग्ने गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले बताए । ग्रामीण भेगका महिलालाई यसबाट प्रत्यक्ष लाभ पुग्ने उनले विश्वास व्यक्त गरेको छ ।

नगर उपप्रमुख मान्ती देवी साहले यो सेवा सञ्चालनसँगै यस भेगका महिला अल्ट्रासाउन्ड गर्न मिर्चैया, लहान र सिरहा सदरमुकामसम्म जानुपर्ने बाध्यता हटेको बताए।